Kakhara सबैको खबर सम्पूर्ण खबर
तीन पालिकाका युवालाई क्षमता विकास तालिम

रुकुम पश्चिमका तीन पालिकाका युवाहरुले क्षमता विकास तालिम पाएका छन् । महिला पुनःस्थापना केन्द्र (ओरेक) नेपालले मुसिकोट नगरपालिका, त्रिवेणी गाउँपालिका र बाँफिकोट गाउँपालिकाका युवाहरुलाई क्षमता विकास तालिम दिएको हो । 

तालिममा तीन पालिकाका ६ वटा वडामा रहेका विद्यालयहरुबाट २७ जना युवा युवतीहरुको सहभागिता रहेको थियो । तालिममा लैंगिक विभेद, महिला हिंसा सम्वन्धि धारणागत स्पष्टता, नेता र नेतृत्व विकासको अर्थ, आवश्यकता र नेतृत्व विकास किन आवश्यक छ, कसरी गर्ने भन्ने बारेमा अवधारणागत रुपमा स्पष्ट पार्ने उद्श्यले तालिमको आयोजना गरिएको आयोजकको भनाई छ । 

त्यस्तै द्धन्द्ध व्यवस्थापनमा युवाहरुको भुमिका, लागु पदार्थ दुव्र्यसनी र सामाजिक सञ्जालको दुरुपयोग रोक्ने बारेमा पनि तालिममा सिकाइएको छ । तालिममा २७ जनाको सहभागीता रहेको थियो । तालिमका सहभागिहरुलाई विभिन्न क्षेत्रका व्यक्तित्वहरुले सिकाएका थिए । लागु पदार्थ दुव्र्यसनीको वियषमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले प्रशिक्षण दिनुभएको थियो । 

सञ्चारको विषयमा पत्रकार राजु लामिछाने, युवा नेता तथा युवा नेतृत्व सम्वन्धि केशव बिसी, द्धन्द्ध तथा द्धन्द्ध व्यवस्थापनको विषयमा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले सिकाउनु भएको थियो । तामिलमा सहभागिले बार्षिक योजना वनाएर विद्यालयहरुमा एक वर्षसम्म कार्यक्रम गर्ने ओरेक नेपालकी जिल्ला कार्यक्रम अधिकृत दीपा धितालले जानकारी दिनुभयो । 

उहाँका अुनसार तालिममा सिकेका कुरालाई विद्यालय स्तरसम्म कसरी पुर्याउने भनेर एक वर्षिय कार्य योजना बनाइएको छ र सोही अनुसार काम गरिने छ ।

प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८०  १७:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update