Kakhara सबैको खबर सम्पूर्ण खबर
त्रिवेणीका १० किसानलाई मिनिटेलर, १२ जना कृषक नगद सहित सम्मानित 

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाले मकै बाली प्रवद्र्धन कार्यक्रम अन्तरर्गत १० जना किसानलाई मिनिटेलर वितरण गरेको छ । भने १२ जना उत्कृष्ट व्यवसाय गर्ने किसानलाई प्रोत्साहन स्वरुप नगद रकम प्रदान गरेको छ । गाउँपालिका कृषि शाखाले बुधबार एक कार्यक्रमको आयोजना गरी किसानलाई मिनिटेलर वितरण र प्रोत्साहन स्वरुप नगद रकम प्रदान गरेको हो । 

संघीय सरकारको ५० प्रतिशत अनुदान कार्यत्रम अन्तर्गत किसानलाई मकै बाली प्रवद्र्धनका लागि १० वटा मिनिटेलर वितरण गरेको गाउँपालिका कृषि शाखा प्रमुख रमेश पुनले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपाालिका भित्र उत्कृष्ट कृषि व्यवसाय गर्ने १२ जना किसानलाई २२ हजार नगद रकम सहित प्रमाण पत्रले प्रोत्साहन गरिएको छ ।

मिनिटेलरका लागि सरकारको ३ लाख ५० हजार अनुदान रहेको छ भने किसानले ३ लाख ५० हजार अर्थात ५० प्रतिशत लगानी गरेका छन् । किसान प्रोत्साहन कार्यक्रको लागि भने गाउँपालिकाले ३ लाख बजेट विनियोजन गरेको थियो । कृषि शाखाले किसान प्रोत्साहन कार्यक्रमको लागि निवेदन माग गरेको थियो । २२ जना किसानले शाखामा निवेदन पेश गरेका थिए । 

त्यसबाट १२ जना उत्कृष्ट किसान छनोट गरी सम्मान गरिएको पुनले बताउनुभयो । खेतबारीमै पुगी मुल्यांकन गरेर कृषि शाखाले उत्कृष्ट किसानहरु छनोट गरेर सम्मान गरेको जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८०  १७:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update