Kakhara सबैको खबर सम्पूर्ण खबर
भूमेमा ७५ हजार पुरस्कार राशिको भलिबल च्याम्पियनसिप हुने
फाइल फोटो ।

रुकुम पूर्वको भूमे गाउँपालिकामा दोस्रो खुला भूमे कप भलिबल च्याम्पियनसिप तथा नृत्य प्रतियोगिता हुने भएको छ । आगामी वैशाख १ देखि ३ गते सम्म गाउँपालिकाको केन्द्र खावाङमा प्रतियोगिता हुने भएको हो । भूमे युवा विकास केन्द्रको आयोजनामा खुला महिला तथा पुरुष भलिबल तथा नृत्य प्रतियोगिता हुन लागेको हो ।

पुरुष भलिबलतर्फ प्रथम आउने समूहले नगद ७५ हजार रुपैयाँ प्राप्त गर्नेछ । दोस्रो हुनेले ४० हजार, तेस्रो हुनेले २० हजार र सान्त्वना आउनेलाई २० हजार नगदको साथमा मेडल र प्रमाण पत्र प्रदान गरिने छ । महिलातर्फको भलिबलमा प्रथम आउने टिमले ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछ । दोस्रोले ३०, तेस्रोले १५ र सान्त्वना आउने टिमलाई ८ हजार नगद पुरस्कार प्रदान गरिने आयोजक संस्था भूमे युवा विकास केन्द्रका अध्यक्ष सुनिल रोका मगरले जानकारी दिनुभयो ।

नृत्यतर्फ प्रथमलाई दश, दोस्रोलाई छ, तेस्रोलाई तीन र सान्त्वना आउनेलाई एक हजार पाँच सय पुरस्कार प्रदान गरिने अध्यक्ष रोकाले बताउनुभयो । खेलको प्रबद्र्धन, खेल मार्फत पर्यटन विकास र प्रचार प्रसार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको अध्यक्ष रोकाको भनाई छ ।

प्रकाशित मिति: आइतबार, चैत ८, २०७७  १८:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update