पुमा जिउलामा किसानलाई धान रोप्ने चटारो (फोटो फिचर)
रुकुम पश्चिममा रोपाई सुरु भएको छ । जिल्लाको बाँफिकोट गाउँपालिका वडा नम्बर २ को पुमा जिउलाको खेतमा यतिबेला रोपाई चलिरहेको छ । यस क्षेत्रमा अहिले रोपाई र हलि, बाउसेको चहलपहल बाक्लो छ । मानो रोपेर मुरी फलाउने यो समय किसान खेत मै व्यस्त छन् ।
आली बनाउने देखि बाउसेले खेत जोतिरहेका छन् । रोपार्नीले गुञ्जाउने भाकाले अहिले पुमाको फाँट गुञ्जिने गरेको छ । छेउमै बग्ने पुमा खोलाको पानीले यस क्षेत्रका खेतहरु सिञ्चित छन् । पानीको राम्रो व्यवस्था भएकाले अन्य ठाउँको भन्दा यो क्षेत्र मा छिटो रोपाई हुन्छ ।
यहाँ जेष्ठ १५ देखि जेष्ठ मसान्तसम्म रोपाई सकिन्छ । अहिले किसानलाई धान रोप्न भ्याई नभ्याई छ ।
प्रकाशित मिति: आइतबार, जेठ २८, २०८० १४:२२
प्रतिक्रिया दिनुहोस्