Kakhara सबैको खबर सम्पूर्ण खबर
संरक्षण विषयगत क्षेत्र तथा लैंगिक हिंसा निवारण सम्बन्धी बैठक 
रुकुम पूर्वमा जिल्ला स्तरीय संरक्षण विषयगत क्षेत्र समन्वय समिति तथा लैंगिक हिंसा निवारण सम्बन्धी बैठक बस्दै गरेको ।

रुकुम पूर्वमा आइतबार जिल्ला स्तरीय संरक्षण विषयगत क्षेत्र समन्वय समिति तथा लैंगिक हिंसा निवारण सम्बन्धी बैठक बसेको छ । सिस्ने गाउँपालिका-६ रुकुमकोटमा प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष माधवप्रसाद शर्माको अध्यक्षतामा बसेको उक्त बैठकले विभिन्न निणर्य गरेको छ । जिल्ला विपद् व्यवस्थापन समिति र संयुक्त राष्ट्रसंघीय जनसङ्ख्या कोष (युएनएफपीए) रुकुम पूर्वको सहकार्यमा बैठक बसेको हो । बैठकको सहजिकरण युएनएफपीए जिल्ला कार्यक्रम अधिकृत भुवनसिंह सेजुवालले गर्नु भएको थियो ।


बैठकमा जिल्ला समन्वय समितिका उपप्रमुख मोहनबहादुर केसी, सिस्ने गाउँपालिका उपाध्यक्ष गोपाल रेउले, निमित्त समन्वय अधिकारी रविन्द्र बुढाक्षेत्री, रुकुमपूर्व अस्पतालका डाक्टर पूणर्बहादुर पुन, स्वास्थ्य कार्यालय रुकुम पूर्वका ल्याब टेक्निसेन निमप्रसाद गिरी लगायत नेपाल प्रहरी, सिस्ने गाउँपालिकाका महिला विकास निरीक्षक, युएमएन, गैसस महासंघ, ज्येष्ठ नागरिक संघ, घाइते तथा अपाङ्ग संघ, सेफ हाउस, संयुक्त राष्ट्रसंघीय जनसङ्ख्या कोष, ओसिएमसी, नेपाल रेडक्रस सोसाइटीका प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको थियो । 


बैठकमा अघिको बैठकमा भएका निणर्यको कार्यन्वयनको अवस्थाबारे समीक्षा गरिएको युएनएफपीए जिल्ला कार्यक्रम अधिकृत भुवनसिंह सेजुवालले बताउनुभयो । ‘यसैगरी जिल्ला स्तरीय संरक्षण विषयगत क्षेत्र समन्वय समितिको काम, कर्तव्य, र अधिकार सम्बन्धमा गहण छलफल गरियो’ सेजवालले भन्नुभयो -‘मनसुन अघि जिल्ला स्तरीय संरक्षण विषयगत क्षेत्र समन्वय समितिको तयारी सम्बन्धमा छलफल गरी मनसुन जन्य घटनाको समयमा बढि प्रभावित हुने महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता, भएका लागि आवश्यक त्यसको उद्धार तथा मर्यादा सामग्री के मौज्दात रहेकोबारे नक्सांकन गर्नुका साथै जिल्ला विपद् व्यवस्थापन समितिसँग समन्वय तथा सहकार्यलाई थप प्रभावकारी गराउने निणर्य गरिएको छ ।’ 


साथै संरक्षण क्षेत्रगत पूर्वतयारीको सामग्री भण्डारण, लैंगिक हिंसा निवारण कोषको अवस्था रयसको परिचालनलाई मजबुत बनाई प्रभावकारी बनाउनका लागि सरोकारवाला निकायहरुमा अनुरोध गर्ने निणर्य गरिएको छ । भने सम्बन्धीत सरोकारवाला निकायसँग आवश्यक समन्वय गरी लैंगिक हिंसाको प्रकार, कारण, क्षेत्र, न्यूनिकरण उपाय सहित पीडितका लागि सेवाको नक्सांकन गर्ने र स्थानीय सरकार, राजनीतिक दल, नागरिक समाज, सञ्चार माध्यम, सरकारी तथा गैरसकारी संस्था लगायत सरोकारवालासँग समन्वय र सहकार्य गरी लंैगिक हिंसा न्यूनिकरणका लागि विभिन्न क्रियाकलाप सञ्चालन गर्ने निणर्य गरिएको सेजुवालले बताउनुभयो । 


यसैगरी संरक्षण क्षेत्रमा कार्यरत संस्थाहरुले यही जेठ मसान्त भित्र फोकल पर्सन तोकी समितिमा पाउने निणर्य गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिबाट जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाको मस्यौदा तयार गर्ने कार्य अन्तिम चरणमा रहेको बैठकमा जानकारी गरिएको सेजुवालले जानकारी दिनुभयो । 

 

प्रकाशित मिति: आइतबार, जेठ २८, २०८०  १५:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update