प्रधानमन्त्रीको अध्यक्षमा गठन गरिएको राष्ट्रिय समन्वय परिषद्मा जिल्ला समन्वय समिति रुकुम पूर्वका उपप्रमुख मोहनबहादुर केसी शुक्रबार नियुक्ति हुनु भएको छ ।
प्रधानमन्त्रीको अध्यक्षमा गठन गरिएको राष्ट्रिय समन्वय परिषद्मा नेपाल सरकारको अर्थ मन्त्री, कानून, न्याय तथा संसदीय मामिला मन्त्री, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, प्रदेश सरकारका मुख्य मन्त्रीहरु, प्रतिनिधिसभाको विपक्षी दलको नेता वा दलले तोकेको प्रतिनिधि र गाउँ तथा नगर कार्यपालिकाका प्रमुख वा उपप्रमुख, जिल्ला समन्वय समितिका प्रमुख वा उपप्रमुखको प्रतिनिधित्व हुने गरी समावेशी सिद्धान्त बमोजिम प्रधानमन्त्रीले तोके कम्तिमा तीन जना महिला सहित प्रत्येक प्रदेशबाट एक जनाको दरले नियुक्ति गरिएको छ ।
जस अनुसार लुम्बिनी प्रदेशबाट जिसस रुकुम पूर्वका उपप्रमुख केसी प्रधानमन्त्रीले राष्ट्रिय समन्वय परिषद्को सदस्यमा नियुक्ति गर्नु भएको छ । सदस्यले सरकारका तीनै तहबीचको समन्वय प्रभावकारी कामकाज गर्नु पर्ने छ । विकास निर्माण, सुशासन, योजना निर्माण तथा कार्यन्वयको अवस्थाबारे तीन तहको सरकार बीचमा भइरहेको कामकाजमा आएको नीतिगत सहज वा असहजका विषयमा सदस्यले प्रधानमन्त्री तथा राष्ट्रिय समन्वय परिषद्मा जानकारी गराउनु पर्ने छ ।