Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसिकोट ११ का २ सय ५ जना जेष्ठ नागरिकलाई च्यवनप्राश 
जेष्ठ नागरिकलाई च्यवनप्राश वितरण गरिदैं ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ११ का जेष्ठ नागरिकलाई च्यवनप्राश वितरण गरिएको छ । स्वास्थ्य प्रवद्र्धन कार्यक्रम अन्तर्गत मुसिकोट नगरपालिका आयुर्वेद शाखाले जेष्ठ नागरिकलाई च्यवनप्राश वितरण गरेको हो । 

६८ वर्ष माथिका २ सय ५ जना जेष्ठ नागरिकलाई एक÷एक बट्टाका दरले च्यवनप्राश वितरण गरिएको वडा सचिव कमल पुनले जानकारी दिनुभयो । आज एक कार्यक्रमका विच मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीले च्यवनप्राश वितरण गर्नुभएको हो । 

आज छुटेका जेष्ठ नागरिकलाई च्यवनप्राशका लागि छिट्टै वडा कार्यालयमा सम्पर्क गर्न वडाले अनुरोध गरेको छ । नगर आयुर्वेद शाखाले नगरका १४ वटै वडाका जेष्ठ नागरिकलाई शक्तिवद्र्धक च्यवनप्राश वितरणको कार्यक्रम बनाएको छ । जसअनुसार वडा वडामा च्यवनप्राश वितरण कार्यक्रम भइरहेको आयुर्वेद शाखाले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०  १४:००
प्रतिक्रिया दिनुहोस्
Weather Update