Kakhara सबैको खबर सम्पूर्ण खबर
खारा ब्यारेक परिषरमा बम फेला, सेनाद्धारा डिस्पोज 

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर ६ मा रहेको नेपाली सेनाको खारा ब्यारेक परिषरमा बम फेला परेको छ । चण्डी दल गणको खारा गुल्म कार्यालय परिषरमा सरसफाई गर्ने क्रममा एट्टी वान बम फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

बिहिबार दिउँसो सवा दुई बजेको समयमा बम फेला परेको थियो । उक्त बम डिस्पोज गरिएको छ । नेपाल सेनाको टोलीले बिहिबार बेलुकी नै बम डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी गराएको छ । जमिनमा गाडेको अवस्थामा बम फेला परेको थियो । उक्त बम द्धन्दकालिन रहेको हुनसक्ने अनुमान गरिएको छ ।  

WhatsApp Image 2023-06-15 at 19.26.221686875363.jpg

प्रकाशित मिति: शुक्रबार, असार १, २०८०  ०६:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update