Kakhara सबैको खबर सम्पूर्ण खबर
नेपाल पत्रकार महासंघ रुकुम पश्चिमलाई टेलिकमको मल्टी चार्जर 
महासंका अध्यक्ष लक्ष्मण केसीलाई चार्जर हस्तान्तरण गर्दै टेलिकम प्रमुख कृष्ण शर्मा ।

नेपाल पत्रकार महासंघ रुकुम पश्चिमलाई नेपाल टेलिकम रुकुम पश्चिमले मल्टी चार्जर उपलब्ध गराएको छ । एकै पटकमा धेरै मोबाइल चार्ज गर्न मिल्ने चार्जर प्रदान गरिएको नेपाल टेलिकम रुकुम पश्चिम कार्यालयका प्रमुख कृष्ण शर्माले जानकारी दिनुभयो । 

आज महासंघको कार्यालय मुसिकोट १ खलंगाको तल्लो बजारमा पुगेर कार्यालय प्रमुख शर्माले महासंघका जिल्ला अध्यक्ष लक्ष्मण केसीलाई चार्जर हस्तान्तण गर्नुभयो । यो चार्जरबाट सबै मोबाइल चार्ज गर्न मिल्ने प्रमुख शर्माले बताउनुभयो । 

अव पत्रकार महासंघमा आउने पत्रकार तथा अन्य व्यक्तिलाई चार्ज गर्न सहज हुने नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष केसीले विश्वास व्यक्त गर्नुभयो । आकष्मिक अवस्थामा चार्जर नहुँदा समस्यामा परेकाहरुलाई यो चार्जरले विशेष लाभ पुग्ने उहाँले बताउनुभयो । 

साथै महासंघले चार्जर उपलब्ध गराउने नेपाल टेलिकम रुकुम पश्चिम कार्यालयलाई धन्यवाद ज्ञापन गरेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, असार १, २०८०  १३:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update