रुकुम पूर्व भूमे गाउँपालिकामा संचालित १० किलोमिटर गुुरिल्ला अल्ट्रा ट्रेल रेसमा पुरुष तर्फ भूमे–२ जंगाधाराका आकाश रोका मगर र महिला तर्फ भूमे–२ खाबाङका प्रिया पुन मगर प्रथम भएका छन् । १० किलोमिटरको तेस्रो संस्करणको गुुरिल्ला अल्ट्रा ट्रेल रेसमा पुरुष तर्फ प्रथम भएका रोका मगरले निर्धारित दुरी १ घण्टा १२ मिनेटमा पार गर्नुभयो । महिला तर्फ विजेता मगरले निर्धारित दुरी १ घण्टा ४३ मिनेटमा पुरा गर्नुभयो ।
पुरुष तर्फ १ घण्टा १४ मिनेटमा दुरी पार गर्दै भूमे–६ का रामकुमार बुढा मगर दोस्रो, १ घण्टा १४ मिनेट ३० सेकेन्डमा दुरी पार गरेर भूमे–१ लुकुमका हिराधन घर्ती मगर तेस्रो र १ घण्टा १५ मिनेटमा दौड पुरा गरेर पुथाउत्तरगंगा गाउँपालिका–१४ का कुमार पुन मगर सान्त्वना हुनु भएको आयोजक भूमे गाउँपालिकाले जनाएको छ ।
भूमे–७ का रबिन रोका पाँचौ, सोही वडाकै सन्दीप बुढा मगर छैटौं, भूमे–१ का बिलप्रसाद बुढा मगर सातौं, सोही वडाकै अमृत घर्ती आठौं, रोल्पा थबाङ गाउँपालिका–२ का सन्दीप रोका नवौं र थबाङ–१ का निर्माल रोका मगर दशौं भएको बताइएको छ ।
त्यस्तै महिला तर्फ १ घण्टा ४७ मिनेटमा निर्धारित दुरी पार गरी भूमे–२ खाबाङकी सम्झना बुढा मगर दोस्रो हुनु भएको छ । भने निर्धारित दुरी १ घण्टा ४९ मिनेटमा पार गरेर भूमे–६ महतकी सुप्रिया बुढा मगर तेस्रो र २ घण्टा ९ मिनेटमा दुरी पार गरी भूमे–६ महतकी सुनथामी बुढा मगर सान्त्वना हुनुभयो ।
पुरुष तर्फ २५ र महिला तर्फ १२ जनाले प्रतिस्पर्धा गरेका थिए । महिला पुरुषको पुरस्कार राशि समान रहेको छ । प्रथमले १० हजार, द्धितियले ७ हजार ५ सय, तृतियले ५ हजार र सान्त्वना हुनेले २ हजार ५ सय रुपियाँ सहित मेडल, प्रमाण पत्र पाएका छन् । पाँचौँ देखि दशौं स्थान हासिल गर्ने प्रतियोगीले प्रतिव्यक्ति १÷१ हजार सहित प्रमाण पत्र पाएका छन् ।
दौड भूमे–६ महतबाट सुरु भई सेबाङपो–सानोलेक–कोइचा–खाबाङ तिला–मारिङ–खाबाङ गाउँ हुँदै खाबाङ बगरमा आएर सकिएको थियो । दौडको जिल्ला समन्वय समिति प्रमुख मेघबहादुर श्रेष्ठले उद्घाटन गर्नुभएको हो ।।