Kakhara सबैको खबर सम्पूर्ण खबर
युवा जनजागरण मावि झुल्नेटाको ४ कोठे विद्यालय भवन उद्घाटन 

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर ३ झुल्नेटामा रहेको युवा जनजागरण माद्यमिक विद्यालयको ४ कोठे पक्की भवन उद्घाटन गरिएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत निर्माण भएको पक्की ४ कोठे भवनको गाउँपालिका अध्यक्ष गणेशकुमार केसीले रिवन काटेर उद्घाटन गर्नुभयो । 

राष्टपति शैक्षिक सुधार कार्यक्रम मार्फत प्राप्त ५० लाख बजेटबाट विद्यालय भवन निर्माण भएको हो । विद्यालयले भवन निर्माणका लागि ४५ लाखमा ठेक्का दिएको थियो । बाँकी रकम विद्यालयमा राखिएको प्रधानाध्यापक कृष्णा खड्का ओलीले जानकारी दिनुभयो ।

निर्माणको काम सम्पन्न भएपछि शुक्रवार विद्यालय भवन उद्घाटन गरिएको हो । विद्यालय भवन उद्घाटनको अवसरमा विद्यालयले संस्थापक विद्यालय व्यवस्थापन समिति अध्यक्ष, संस्थापक प्राध्यापक, जग्गा दाता, चन्दा दाता लगायत प्रत्यक्ष रुपमा विद्यालयलाई सहयोग पुर्याउने ९ जना व्यक्तिलाई सम्मान पत्र र दोसल्लाले सम्मान गरेका थियो । 

विद्यालयमा बाल शिक्षा देखि कक्षा १२ सम्म पठनपाठन भइरहेको छ ।
 

प्रकाशित मिति: शनिबार, असार २, २०८०  १६:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update