Kakhara सबैको खबर सम्पूर्ण खबर
त्रिवेनीमा अन्तर्राष्ट्रिय किवानिस क्लबको शाखा विस्तार 

रुकुम पश्चिमको त्रिवेनी गाउँपालिकामा अन्तर्राष्ट्रिय किवानिस क्लबको शाखा स्थापना गरिएको छ । शुक्रबार गाउँपालिकाको वडा नम्बर ३ झुल्नेटा बजारमा किवानिस अन्तर्राष्ट्रिय क्लबको शाखा  स्थापना गरिएको हो । त्रिबेणी गाउँपालिका अध्यक्ष गणेशकुमार केसीले शाखाको उद्घाटन गर्नुभयो । 

वडा नम्बर ३ का युवाहरूले काम गर्ने गरी किवानिस अन्तर्राष्ट्रिय  क्लबको शाखा स्थापना गरिएको क्लबका उपाध्यक्ष कृष्णबहादुर ओलीले बताउनुभयो । उहाँका अनुसार क्लबले पालिका भित्र रहेका बालबालिको क्षेत्रमा काम  गर्ने छ । क्लबले हाल नेपाल सहित विश्वका ८० देशमा शाखा विस्तार गरी बालबालिकाको क्षेत्रमा काम गरिरहेको छ ।

355039470_797496938415946_7604027720633873124_n1686997936.jpg

 

क्लबले समस्यामा परेका बालबालिकाका लागि आधारभुत ज्ञान सीप र क्षमता विकासका लागि काम गर्ने गरेको छ । क्लबका अध्यक्ष बिरबहादुर ओलीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा त्रिवेणी गाउँपालिका अध्यक्ष गणेशकुमार केसीको प्रमुख आतिथ्यता रहेको थियो । 

त्यस्तै ३ नम्बर वडा अध्यक्ष दिपेन्द्रकुमार ओली, पूर्व वडाध्यक्ष मोहन ओली लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन क्लबका सचिव बिनोद केसीले गर्नुभएको थियो ।

354473460_1445276252931560_1580996207248043264_n1686997816.jpg

प्रकाशित मिति: शनिबार, असार २, २०८०  १६:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update