रुकुम पश्चिममा ५ जना फरार प्रतिवादी पक्राउ परेका छन् । विभिन्न समय र विभिन्न अपराध कसुरमा संलग्न भई फरार रहेका र अदालतबाट कैद, जरिवाना तोकिएका ५ जना प्रतिवादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
लागु औषध चरेश मुद्दामा अदालतबाट १ वर्ष ४ महिना ८ दिन कैद र ५ हजार जरिवाना तोकिएका आठबीसकोट नगरपालिका वडा नम्बर ३ खदी वस्ने ४५ वर्षिय कर्णबहादुर खत्रीलाई असार १ गते पक्राउ गरएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिनुभयो ।
त्यस्तै आज सवारी ज्यान मुद्दाका १ जना र सम्बन्ध विच्छेद मुद्दाका तीन जनालाई पक्राउ गरिएको उहाँले बताउनुभयो । ४ जनाको नाम भने प्रहरी सार्वजनिक गरेको छैन । पाँचै जनालाई अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ । फैसला कार्यान्वयनको सिलसिलामा उनिहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।