रुकुम पश्चिममा आयोडिनयुक्त नुन प्रयोग गर्नेको संख्या बढेको छ । हरेक वर्ष जिल्लामा आयोडिन नुनका प्रयोगकर्ताको संख्या बढ्दै गएको हो । आर्थिक वर्ष २०७९÷०८० मा झण्डै ६ हजार क्विन्टल आयोडिन नुन बिक्रि भएको छ । गएको साउन महिनादेखि हालसम्म डिपो कार्यालय र वितरण केन्द्रबाट गरी ५ हजार ८ सय ७१ क्विन्टल आयोडिन नुन बिक्रि भएको हो । जिल्लामा हाल सदरमुकाम मुसिकोट नगरपालिका ५ सेरीगाउँ र चौरजहारी नगरपालिकाबाट नुन बिक्रि हुँदै आएको छ ।
डिपो कार्यालय सेरीगाउँ र चौरजहारी वितरण केन्द्रबाट साउन देखि हालसम्म ५ हजार ८ सय ७१ क्विन्टल आयोडिन नुन बिक्रि भएको डिपो कार्यालय रुकुम पश्चिमका प्रमुख पुर्णराज गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार डिपो कार्यालय सेरीगाउँबाट ४ हजार ९ सय ५१ क्विन्टल नुन वितरण भएको छ । भने चौरजहारी वितरण केन्द्रबाट ९ सय २० क्विन्टल नुन बिक्रि भएको छ ।
अव डिपो कार्यालय सेरीगाँउमा १ सय ७० क्विटल र चौरजहारी वितरण केन्द्रमा १ सय १० क्विन्टल नुन मौज्दात रहेको छ । आर्थिक वर्ष २०७९/०८० को लागि डिपो कार्यालय सेरीगाउँलाई ४ हजार र चौरजहारी वितरण केन्द्रलाई १ हजार क्विन्टल गरेर जम्मा ५ हजार क्विटल नुन प्राप्त भएको थियो ।
डिपो कार्यालयलाई माग गरेको भन्दा १ हजार कम र चौरजहारी वितरण केन्द्रलाई माग गरेको भन्दा ५ सय क्विटल कम नुन प्राप्त भएको थियो । पहिलो वर्षको केही नुन स्टोर रहेकाले हालसम्म नुनको अभाव भने नभएको प्रमुख गौतमले बताउनुभयो ।
बिक्रि हुन बाँकी रहेको केही नुन आपतकालिन अवस्थाको लागि छुट्याउनु पर्ने भएकाले अवको १, २ महिनामा पनि नुन आएन भने अभाव हुन सक्ने गौतमले बताउनुभयो । डिपो कार्यालय सेरीगाउँबाट हप्ताको दुई दिन आईतबार र बिहिबार तथा वितरण केन्द्र चौरजहारीमा महिनाको पहिलो हप्ता ५ र ६ गते नुन बक्रि हुने गरेको छ ।
प्रतिकिलो ९ रुपैयाँका दरले नुन बिक्रि भइरहेको छ । नयाँ आर्थिक वर्षको लािग भने सरकारले नुनको टेन्डर आह्वान नगरेकोले नयाँ नुन आइपुग्न भदौसम्म समयले लाग्ने देखिएको कार्यालयले जनाएको छ ।