Kakhara सबैको खबर सम्पूर्ण खबर
खदीमा पहिलो पटक बत्ति बल्यो 
पहिलाे पटक बिजुली पुगेकाे खदी गाउँ ।

रुकुम पश्चिम आठबीसकोट नगरपालिका वडा नं. ३ को खदीमा पहिलो पटक  बत्ति बलेको छ । दुर्गममा रहेको खदीमा केन्द्रीय प्रशारण लाईन विस्तार भएपछि खदीवासीले पहिलो पटक बत्ति बाल्न पाएका हुन् । पहिलो पटक बिजुली बलेपछि स्थानीय हर्षित भएका छन् । लामो समयको प्रयास र ठुलो संघर्षपछि गाउँमा बत्ति बाल्न सफल भएको वडाध्यक्ष केशरमान बिकले बताउनुभयो । भौगोलिक रुपमा दुर्गम र सदरमुकाम तथा नगरपालिकाको केन्द्र देखि टाढाको दुरीमा रहेको ठाउँमा केन्द्रीय प्रशारण लाईन पुगेपछि वडावासीले पहिलो पटक बत्ति बाल्न पाएको उहाँको भनाई छ । 

अहिले खदीका ४७ घरमा बत्ति बलेको छ । वडाका कुल ४ सय ८३ घरधुरी मध्य धेरै घरमा बत्ति बल्न लागेको वडाध्यक्ष बिकले जानकारी दिनुभयो । ‘अहिले वडाका ४७ घरमा बत्ति बलिसकेको छ, खदी गाउँका कुल ३ सय ९० घर मध्य करिब साढे ३ सय घरमा बिद्युत जडान भइसकेको छ, बाँकी घरमा पनि केहि दिनमा बत्ति बल्ने छ ।’ वायरिङको काम सकिएको र मिटर जडान गर्न बाँकी रहेकाले अहिले ४७ घरमा मात्र बत्ति बलेको र अवको केहि दिनमा बाँकी रहेका घरमा पनि बत्ति बल्ने वडा कार्यालयले जनाएको छ । वडाको पाटागाउँ टोलमा भने बिद्युत पुग्न समय लाग्ने भएको छ ।  

उक्त टोलमा बिद्युत विस्तारका लागि टेण्डर आह्वान भएको र त्यहाँ बत्ति बल्न समय लाग्ने वडाध्यक्ष बिकले बताउनुभयो । पाटागाउँमा ९३ घरधुरी रहेका छन् । त्यहाँ यो वर्षको अन्तिम सम्ममा बिद्युत पुग्न सक्ने वडाध्यक्ष बिकको भनाई छ ।आठबीसकोट नगरपालिकाका वडा नं. १, २ र ३ अझै पनि सडकको सहज पुहुँचमा पुग्न सकेका छैनन् । वर्षौ पछि सडक पुगेसंगै विद्युत पनि पुगेको छ । अव वडा नं. १ र २ मा पनि बिद्युत विस्तारको बाटो खुलेको नगरपालिकाले जनाएको छ ।।

प्रकाशित मिति: सोमबार, चैत ९, २०७७  १५:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update