Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा नवौं अन्तराष्ट्रिय योग दिवस मनाइयो 
याेग दिवसकाे अवसरमा आयाेजित याेगाभ्यास कार्यक्रम ।

रुकुम पश्चिममा आज नवौं अन्तराष्ट्रिय योग दिवस मनाइएको छ । हरेक वर्षको जुन २१ मा अन्तराष्ट्रिय योग दिवस मनाउने गरिएको छ । दिवसको अवसरमा आज बिहान आयुर्वेद स्वास्थ्य सेवा केन्द्र रुकुम पश्चिमले कार्यक्रमको आयोजना गरेको थियो । दिवसको अवसरमा योगाभ्यास कार्यक्रम गरिएको आयुर्वेद स्वास्थ्य केन्द्रका डाक्टर मानबहादुर ओलीले जानकारी दिनुभयो । 

कार्यक्रममा मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसी, प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्त, प्रहरी प्रमुख नमराज भट्टराई, सशस्त्र प्रहरी प्रमुख गोविन्द केसी तथा विभिन्न कार्यालय प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको उहाँले बताउनुभयो । कार्यक्रम मुसिकोट खलंगाको बाल मन्दिर प्रांगणमा भएको थियो । कार्यक्रममा सहभागिहरुले योग अभ्यास गरेका थिए । 

बिहान ५ बजेदेखि साढे ६ बजेसम्म योग अभ्यास संचालन भएको थियो । सहभागिहरुलाई योग प्रशिक्षक धनबहादुर केसीले प्रशिक्षण गराउनुभएको थियो । भने कार्यक्रमको सहजिकरण शिवराम खत्रीले गर्नुभएको थियो । योगको महत्व बारे बुझाउन हरेक वर्ष योग दिवस मनाउने गरिएको छ । 

जिल्लामा पछिल्लो समय योगको आकर्षण बढेको देखिन्छ । विभिन्न निकायले बेला बेलामा योग अभ्यासका कार्यक्रमहरु संचालन गरिरहेका छन् । जसले गर्दा योग प्रतिको नागरिक आकर्षण बढ्दै गएको हो ।

प्रकाशित मिति: बुधबार, असार ६, २०८०  १४:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update