रुुकम पुर्वमा आयोडिन युक्त नुन प्रयोग गर्नेको संख्या न्युन देखिएको छ । वर्षेनी आयोडिन नुनको प्रयोग संगै माग बढ्ने अनुमान गरेपनि रुकुम पुर्वमा आयोडिन नुन प्रयोग गर्नेको संख्या न्युन देखिएको हो ।
हाल रुकुम पुर्वमा रुुकमकोट वितरण केन्द्र र पुथाउत्तरगंगा गाउँपालिकाको तकसेरा वितरण केन्द्र गरी २ वटा वितरण केन्द्रबाट नुन विक्रि वितरण हुँदै आएको डिपो कार्यालय रुकुम पश्चिमका प्रमुख पुर्णराज गौतमले जानकारी दिनुभयो ।
उहाँका अनुसार रुकुम पुर्वमा नुन वितरणको लागि रुकुम पश्चिमबाटै कर्मचारी जाने गरेका छन् । रुकुम पूर्वमा यो आर्थिक वर्षको लागि १७ सय क्विन्टल नुन प्राप्त भएको थियो । जसअनुसार रुकुमकोट वितरण केन्द्रमा १५ सय र तकसेरा वितरण केन्द्रमा २ सय क्विन्टल नुन प्राप्त भएको हो ।
रुुकम पुर्वमा आयोडिन नुन प्रयोग गर्नेको संख्या निकै कम रहेकाले नुनको अभाव नहुने गौतमको भनाई छ । दुर्गम क्षेत्र भएकाले आयोडिन नुनको बारेमा सबै नागरिकलाई जानकारी नहुँदा तकसेरा वितरण केन्द्रबाट २ सय क्विन्टल नुन पनि विक्रि हुन मुस्किल भएको छ ।
दुर्गम वस्तीका नागरिकहरुलाई आयोडिन नुनको बारेमा जानकारी बनाई आगामी प्रयोगकर्ता बढाउने तयारी रहेको डिपो कार्यालय रुकुम पश्चिमले योजना बनाएको ।
हाल रुकुमकोट वितरण केन्द्रमा १ सय ३७ र तकसेरा वितरण केन्द्रमा ५० क्विन्टल गरी जिल्लामा १ सय ८७ क्विन्टल नुन मौज्दात रहेको बताइएको छ । डिपो कार्यालय रुकुम पश्चिमले हाल रुकुम पश्चिम र पुर्वमा आयोडिन युक्त नुन विक्रि विरण गर्दै आएको छ ।