रुकुम पूर्वको सिस्ने गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९/०८० को हालसम्म ६१ करोड ६९ लाख ३ हजार बजेट मध्य ३७ करोड ४२ लाख ६८ हजार खर्च गरेको छ । यो कुल बजेटको ६०.६६ प्रतिशत रहेको गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले जानकारी दिनुभयो ।
त्यस्तै गाउँपालिकाले यो आर्थिक वर्षमा ३ वटा सरकारी भवन, १० वटा सामुदायिक, ९ वटा बिद्यालय भवन तथा ११ अन्य नयाँ भवन निर्माण गर्नुका साथै ३८ वटा भवन मर्मत, घेरबार र केही भवनमा फर्निचरका सामग्री थप गरेको छ । गाउँपालिकाले एक वर्षमा १२ किलोमिटर सडकको नयाँ ट्रयाक खोल्नुका साथै ७ किलोमिटर सडक स्तरोन्नति र मर्मत गरिएको गाउँपालिका अध्यक्ष रेग्मीले जानकारी दिनुभयो ।
१० वटा नयाँ खानेपानी योजना निर्माण, २१ वटा मर्मत, एउटा सिँचाई आयोजना निर्माण, वडा नम्वर ४, ७ र ८ नम्बर वडा कार्यालयमा सौर्य उर्जा जडान गरिएको छ । छिप्रिदह–सेराखेत २ किलोमिटर ढल निकास, ४ शौचालय निर्माण, १४ वटा संग्रालय÷मठ मन्दिर र २ वटा पार्क निर्माण गरिएको गाउँपालिकाले जनाएको छ ।
ख्वापा, ठानाखोला, मार्केकोलडाँडा, झाक्रीखराङ खोला, लामामागरमा झोलुङ्गे पुल निर्माणको काम अघि बढेको छ । शिक्षा तर्फ विद्यालयका २ कोठे ३ वटा, ४ कोठे २ वटा र ३ वटा आईसिटी कक्षा कोठाको व्यवस्थापन गरिएको गाउँपालिकाले जनाएको छ । त्यस्तै गर्भवति महिलालाई फ्री एम्वुलेन्स सेवा मार्फत गाउँपालिका भित्र ३५ जनालाई सेवा दिईएको छ । जसमा नेपालगंजसम्म २ जना, दाङ सम्म २ जना र काठमाडौं सम्म १ गरि जम्मा ४० जनालाई निःशुल्क सेवा प्रदान गरिएको छ ।
प्वाङ स्वास्थ्य चौकी र पोखरा स्वास्थ्य चौकीमा प्रयोगशाला स्थापनाको लागि सामान खरिद गरिएको छ । पूर्वाधार एम्बुलेन्स सञ्चालन गरि बर्षातको समयमा निरन्तर सडक यातायातको आवागमनको व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकामा रहेको न्यायिक समितिमा हालसम्म ५ वटा उजुरी दर्ता भएकोमा ४ वटा मेलमिलाप मार्फत फछ्र्यौट गरिएको छ ।
गाउँपालिकाले कृषि, महिला उद्यम, सीप विकास, स्वरोजगार कार्यक्रम, युवा सशक्तिकरण लगायत क्षेत्रमा पनि विभिन्न कार्यक्रम गरेको जनाएको छ ।