रुकुम पश्चिममा रहेका ६ वटा स्थानीय तह मध्ये चौरजहारी नगरपालिको आज १७ औँ नगर सभामा २०८०/०८१ बजेट व्यक्तव्य पेश गर्दै पारित गरेको छ । नीति तथा कार्यक्रम भने शुक्रबार नै पारित भएको थियो । जिल्लाका अन्य ५ पालिकाले भने आइतबार गाउँ तथा नगर सभा गर्दै छन् ।
६ गते नीति तथा कार्यक्रम पारित गरेको सानीभेरी गाउँपालिकाले आइतबार १३ औँ गाउँसभा मार्फत २०८०÷०८१ को बजेट ल्याउदै छ । आठबीसकोट नगरपालिका, मुसिकोट नगरपालिका, बाँफिकोट गाउँपालिका र त्रिवेणी गाउँपालिकाले भने आइतबार नै नीति, कार्यक्रम र बजेट ल्याउदै छन् ।
मुसिकोट नगरपालिकाको १३ औँ नगरसभा वडा नम्बर ७ को पर्यटकीय स्थल ठुलीदहमा आयोजना गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत विनाराम खड्काले जानकारी दिनुभयो । अन्य पालिकाले भने पालिकाको कार्यालयमै गाउँ तथा नगर सभा आयोजना गरेका छन् ।
भोली नीति तथा कार्यक्रम, बजेट वक्तव्य, आर्थिक विद्येयक, विनियोजन विद्येयक पनि पेश गर्ने कार्यक्रम रहेको त्रिवेणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर घर्तीले बताउनुभयो । स्थानीय तहले असार १० गते सम्म नीति कार्यक्रम र बजेट गाउँ तथा नगर सभामा पेश गरिसक्नुपर्ने व्यवस्था छ ।