Kakhara सबैको खबर सम्पूर्ण खबर
त्रिवेणी गाउँपालिकाको नवौं अधिवेशन सुरु 
नीति, कार्यक्रम पेश गर्दै गाउँपालिका अध्यक्ष गणेशकुमार केसी ।

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाको गाउँसभाको नवौं अधिवेशन सुरु भएको छ । नीति, कार्यक्रम र बजेटका लागि अधिवेशन सुरु भएको हो । गाउँपालिका अध्यक्ष गणेशकुमार केसीको अध्यक्षतामा अधिवेशन चलिरहेको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माको प्रमुख आतिथ्यता रहेको छ ।

अधिवेशनमा कर्णाली प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्मा र पूर्व भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसीको विशेष आतिथ्यता रहेको छ । त्यस्तै कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्त, त्रिवेणी गाउँपालिकाका उपाध्यक्ष राजकुमारी रेउले, पूर्व अध्यक्ष झक्कुप्रसाद घर्ती, उपाध्यक्ष निर्मला खड्का बिष्ट, प्रहरी प्रमुख नमराज भट्टराई, सशस्त्र प्रहरी प्रमुख गोविन्द केसी लगायतको उपस्थिति रहेको छ ।

गाउँपालिकाको सभाहल खारनेटामा जारी अधिवेशनमा अहिले गाउँपालिका अध्यक्ष गणेशकुमार केसीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम वाचन गरिरहनुभएको छ । यसपछि आगामी वर्षको अनुमानित बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर घर्तीले जानकारी दिुनुभयो । 
 

प्रकाशित मिति: आइतबार, असार १०, २०८०  १०:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update