Kakhara सबैको खबर सम्पूर्ण खबर
सानीभेरी गाउँपालिकाले ल्यायो साढे ५० करोड बराबरकाे बजेट 
बजेट प्रस्तुत गर्दै सानीभेरी गाउँपालिका उपाध्यक्ष कमला राेका पुन ।

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि साढे ५० करोड बजेट ल्याएको छ । गाउँपालिका उपाध्यक्ष कमला रोका पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभयो । १३ औं गाउँसभा अन्तर्गत गाउँपालिकाले आज आगामी आर्थिक वर्षको लागि ५० करोड ६७ लाख ५८ हजार १ सय २९ रुपैयाँ बराबरको बजेट ल्याएको हो ।

चालु तर्फको कुल बजेटको ६२.७० प्रतिशत अर्थात ३१ करोड ७७ लाख ३७ हजार ३ सय ४६ रुपैया रहेको छ । पुँजीगत तर्फ १८ करोड ८९ लाख ७० हजार १ सय ६ रुपैयाँ रहेको छ । जुन कुल बजेटको ३७.३० प्रतिशत हो ।

आगामी वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत मध्ये आन्तरिक राजश्वबाट १ करोड ५१ लाख, संघीय सरकारबाट प्राप्त हुने राजश्व बाँडफाँडबाट ९ करोड ४९ लाख ८ सय, संघबाट प्राप्त हुने समानीकरण अनुदान ९ करोड ९ लाख, कर्णाली प्रदेशबाट प्राप्त हुने राजस्व बाँडफाँडबाट ५ लाख १२ हजार ३ सय २९, प्रदेशबाट प्राप्त हुने समानीकरण अनुदान ९७ लाख ६७ हजार, संघबाट प्राप्त हुने सशर्त अनुदान चालु तर्फ २० करोड ३० लाख र सशर्त अनुदान पुँजीगत तर्फ १ करोड ११ लाख रहेको छ ।

त्यस्तै संघको समपुरक अनुदान ५० लाख र विशेष अनुदान चालु ५० लाख, विशेष अनुदान पँुजीगत ७५ लाख, कर्णाली प्रदेश समपूरक अनुदान ५० लाख, सशर्त अनुदान मार्फत ४ करोड ५८ लाख ८८ हजार प्राप्त हुने अनुमान गरिएको छ । यसका साथै गाउँपालिकाको चालु आर्थिक वर्षको मौज्दात १ करोड ७५ लाख पनि आगामी आर्थिक वर्षमा खर्च हुने गाउँपालिका उपाध्यक्ष कमला रोका पुनले प्रस्तुत गरेको बजेट वक्तव्यमा उल्लेख छ ।

आज बजेट सार्वजनिक गरेको गाउँपालिकाले शनिबार नीति कार्यक्रम ल्याएको थियो ।

प्रकाशित मिति: आइतबार, असार १०, २०८०  १६:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update