Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसिकोटको १२ औं नगरसभा यसकारण ऐतिहासिक छ

यो कुनै भोज, भतेर, मेला नभई सम्बन्धित स्थानको सम्मान हो । 

...एक्कबहादुर पाण्डे 

मुसिकोट नगरसभा कहाँ गर्ने, कसरी गर्ने, कहिले गर्ने भन्ने विषय नगर कार्यपालिकाको आफ्नै आन्तरिक विषय हो । यस नगरसभाको विषयमा आउने प्रतिक्रिया स्वभाविक हो । क्रियाको प्रतिक्रिया भएन भने कार्यको अर्थ हुदैन । १२ औं नगरसभा नगरपालिका भित्रकै गरिमामय स्थानमा गरेकोमा मुसिकोटवासी नागरिकको मान मर्यादा घटीबढी भएको हो ? यो कुरा अहिले भइरहेका टीकाटिप्पनीमा खुलेको छैन । उक्त स्थानमा नगरसभा हुँदा कसलाई अन्याय भएको हो ? सो कुरा आएन । नगर सरकारका निर्णयहरु जनपक्षीय छन वा सरकार पक्षीय छन भन्ने कुराको अध्यमन, मनन गर्नु सबै नागरिकको दायित्व हो । १२ औं नगरसभा ठुली दहमा गर्ने निर्णयले मुसिकोटवासी नागरिकको अहित हुने काम गरेको छैन भन्ने मलाई लाग्छ । ठुली दहमा मात्र होइन मुसिकोट भित्र रहेका सबै धार्मिक तथा पर्यटकीय स्थानमा नगरसभा गर्दा आम मुसिकोट नगरवासी र तत् तत् स्थानको सम्मान उच्च हुन्छ भन्ने सकारात्मक सोचले नगर चल्नु पर्दछ । ठुली दह जस्तो प्राकृतिक सुन्दरता बोकेको पर्यटकीय स्थलको उच्च सम्मान भएको छ भन्ने आम नगरवासीले बोध गर्नु पर्दछ । तर नगरसभा गर्नुपर्ने मुख्य काम थियो भयो । सामाजिक सञ्जालमा आएका विभिन्न प्रतिक्रियाले सकारात्मक सन्देश दिएको छ भन्ने मलाई लागेको छ । 

पहिलो कुरा १२ औं नगरसभा प्राकृतिक सौन्दर्यताले भरिपूर्ण पर्यटकीय स्थल ठुली दहमा गर्नुको मुख्य उदे्श्य मुसिकोटका महत्वपूर्ण पर्यटकीय स्थलहरुलाई चिनाउनु, प्रचारप्रसार गर्नु, गरिमामय बनाउनु नगर सरकारको दायित्व हो । यो काम मुसिकोट नगरले गरेको छ । ठुली दहको गरिमा बढेको छ । प्राकृतिक सौन्दर्यलाई सम्मान गर्नु सरकारको कर्तव्य पनि हो । यो कुनै भोज, भतेर, मेला नभई सम्बन्धित स्थानको सम्मान हो । 

ठुली दहमा नगरसभा गर्नुको दोस्रो कारण मुसिकोटका आम वडावासी र सिस्ने गाउँपालिका रुकुम पूर्वको केही वडावासीका लागि पानीको मुहान हो । ठुली दहमा रहेको पानी रिचार्ज भई पानीका मुहान क्रमशः भुरुङ्गा, जामाखोला, पानाखोला, नौ धारी, बैरी दह, ठूला पँधेरा, साँख दह, डिग्रे लगायतका साविकका साँख र खलंगा गाविस भित्र निस्कने सम्पूर्ण पानीका मुहानहरुको स्रोत ठुली दह हो । ठुली दहलाई संरक्षण गरेनौं भने हाम्रा महत्वपूर्ण खोला र मुलहरु सुक्ने सम्भावना छ । ठुली दहलाई संरक्षण गर्नु भनेको पर्यावरणीय रुपमा मुसिकोटवासी समुदायको पानी र जंगल संरक्षण गर्नु हो । 

यस नगरसभाले नगर सभाका सदस्यहरुको ठुली दह पर्यटकीय स्थल हेर्ने चाहना पुरा गरेको छ । मुसिकोट ७ वासी समुदाय नगरसभाको विधि र प्रक्रियाको बारेमा जानकार भएका छन । यहाँको कला संस्कृतिको सम्मान भएको छ । यस कारण यसलाई राजनीतिक भाषामा मात्र बुझ्नु भन्दा सरकारले आफ्ना गतिविधिमा नयाँ आयाम थपेको भन्ने भाषामा बुझिदिनुभएमा सामाजिक न्याय हुने छ भन्ने मलाई लाग्छ ।  

ठुली दहमा नगरसभा गर्नुको तेस्रो कारण ठूली दहमा साँखवासी जन समुदायले खडेरी परेको याममा पानी मागेको खण्डमा खडेरीमा पनि पानी पर्छ । जहाँ कुनै बस्ती छैन्, खेतीपाती गरिदैन, खेतीपाती गरेमा वा गोरु जोतेमा अशुभ हुन्छ भन्ने किंवदन्ती छ । दैविक शक्तिले बास गरेको स्थान भएको हुँदा ठुली दहलाई धार्मिक तथा पर्यटकीय स्थलको रुपमा हेर्ने गरिन्छ । यहाँ नगरसभा गर्नु भनेको यहाँका समुदाय तथा प्रकृतिको पनि सम्मान हो । स्थानीय सरकार जनताको घरदैलोको सरकार भएको हुँदा सरकारका हरेक गतिविधिको जानकारी नागरिकलाई दिनु, नागरिकका बिचमा गर्नुपनि संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्यास हो । ठुली दहको पहिचान यहाँका जनजातीहरुसंग पनि जोडिने गरेको छ । यही ठुली दहको सेरोफेरोमा रहेको चयँरी ब्राह पुज्ने, लिंगो हाल्ने, दहमा रहेका देउताहरुको पुजा विधि फरक फरक छ । देवताको पुजा जनजाती समुदायबाट मात्र हुने गरेको छ । यसको सम्बन्ध पापिनी बिवाहसंग पनि छ । 

यसरी स्थानीय सरकारका आ–आफ्ना नाम, पहिचान, विशेषताहरु छुट्टा छुट्टै छन । स्थानीय सरकारले आफ्ना प्रतिकका रुपमा रहेका महत्वपूर्ण स्थलहरुमा नगरसभा गर्दा हाँडी गाउँको जात्रा देख्ने दृष्टिकोण उन्नत र प्रगतिशील हो भन्ने मलाई लाग्दैन । मुसिकोटका राम्रा र पर्यटकीय स्थललाई पूर्वाग्रह नराखि सरकारको तर्फबाट चर्चामा ल्याउनु ति स्थलहरुको पहिचानलाई अझ उचाईमा लिई सम्बोधन गर्नु, सम्मान गर्नुमा यसको ओज र गरिमा माथि उठाउने कुरा यसको बेग्लै महत्व छ । आफ्ना पर्यटकीय र धार्मिक स्थलहरुको महत्वलाई नजरअन्दाज गरी बसेमा नगर सरकारको गरिमा घट्ने हो । तत् तत् स्थलको गरिमा बढाउनु कसुर होइन भन्ने मलाई लाग्छ । जनताको सरकारले जनताको विचमा नगरसभा गरी नागरिकलाई सुसूचित गराउनु नराम्रो पक्ष होइन । नागरिक र सरकारका बिचमा सम्बन्ध बढाउनु हो । यो नगरसभाले नागरिकको अपमान, सरकारको अपमान केही गरेको छैन । सखाली नागरिक तथा मुसिकोटका आम नागरिकको र सरकारको मान प्रतिष्ठा माथि उठेको महशुस मैले गरेको छु । यस नगरसभाले नगर सभाका सदस्यहरुको ठुली दह पर्यटकीय स्थल हेर्ने चाहना पुरा गरेको छ । मुसिकोट ७ वासी समुदाय नगरसभाको विधि र प्रक्रियाको बारेमा जानकार भएका छन । यहाँको कला संस्कृतिको सम्मान भएको छ । यस कारण यसलाई राजनीतिक भाषामा मात्र बुझ्नु भन्दा सरकारले आफ्ना गतिविधिमा नयाँ आयाम थपेको भन्ने भाषामा बुझिदिनुभएमा सामाजिक न्याय हुने छ भन्ने मलाई लाग्छ ।  

लेखक मुसिकोट नगर सामाजिक विकास समितिका संयोजक तथा मुसिकोट नगरपालिका ७ का वडाध्यक्ष हुनुहुन्छ । 
 

प्रकाशित मिति: सोमबार, असार ११, २०८०  १७:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update