सानीभेरी गाउँपालिकाले तेस्रो राष्ट्रपति रनिङ शिल्ड सुरु गरेको छ । सोमबारदेखि गाउँपालिकाको ३ नम्बर वडाको बेलटापु खेलमैदानमा शिल्ड सुरु भएको हो । जिल्ला समन्वय समिति प्रमुख राजकुमार शर्माले शिल्डको उद्घाटन गर्नुभयो । सटफुट हानेर शर्माले शिल्ड सुरुवात भएको घोषणा गर्नुभएको थियो । शिल्ड उद्घाटन गर्दै प्रमुख शर्माले खेलले व्यक्तिको समग्र विकासमा सघाउ पुर्याउने बताउनुभयो । व्यक्तिको चौतर्फी विकासको एउटा आधार खेलक्षेत्र भएकाले यसमा सबैको चासो,चिन्ता र लगानी हुनुपर्नेमा प्रमुख शर्माको जोड छ । कक्षा ९ देखि १२ कक्षा सम्म सञ्चालित विद्यालयहरुले शिल्डमा प्रतिस्प्रधा गरिरहेका छन् ।
गाउँपालिका भित्रका १३ विद्यालयले शिल्डमा सहभागिता जनाएको गाउँपालिकाले जनाएको छ । शिल्डामा २० विधामा प्रतिसप्रधा भइरहेको छ । छात्र–छात्रा भलिबल, हाइजम्प, लङजम्प, ज्याब्लिङ थ्रो, सटफुट, विभिन्न छोटो तथा लामो दौड प्रतियोगिता भइरहेको छ । गाउँपालिको यस अघि ९ नम्बर वडाको सिम्लीमा दुई पटक शिल्ड सञ्चालन भएको थियो । गत वर्ष शिल्ड सूर्योदय माविले शिल्ड जितेको थियो । यसैले यो वर्ष उक्त ठाउँमा शिल्ड आयोजना गरिएको गाउँपालिका अध्यक्ष नरबहादुर पुनले जानकारी दिनुभयो ।