Kakhara सबैको खबर सम्पूर्ण खबर
आठबीसकोट नगरपालिकाले पास गर्यो साढे ६३ करोड बराबरको बजेट 

आठबीसकोट नगरपालिकाले पनि बजेट ल्याएको छ । नगरपालिकाको चौथो नगरसभामा नगरपालिका उपप्रमुख धनकुमारी शाहीले सोमबार आगामी आर्थिक बर्षको बजेट प्रस्ताव गर्नुभएको हो । उहाँले कुल ६३ करोड ५० लाख ६४ हजार ४ सय ४८ रुपैयाँ बराबरको बजेट पेश गर्नुभयो । 

कुल बजेटको चालु तर्फ ६३.७८ प्रतिशत अर्थात ४० करोड ५० लाख २५ हजार ४ सय ४८ रुपैयाँ रहेको छ भने पुँजीगत तर्फ २३ करोड ३९ हजार रुपैयाँ रहेको छ । जुन कुल बजेटको ३६.२२ प्रतिशत हो ।

आगामी बर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत मध्य आन्तरिक राजस्वबाट २ करोड ८० लाख, संघीय सशर्त अनुदान बाट चालु तर्फ २४ करोड १४ लाख, संघीय सशर्त अनुदान पुँजीजगत तर्फ १ करोड ३९ लाख, संघीय सरकार राजस्व वाँडफाट तर्फ १३ करोड ३८ लाख २२ हजार रुपैयाँ, संघीय समपूरक अनुदान बाट ९० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । 

त्यस्तै प्रदेश सरकार वित्तीय समाणीकरण अनुदान १ करोड २१ लाख ७७ हजार, प्रदेश सरकार राजस्व बाँडफाटबाट २० लाख ७७ हजार ४ सय ४८ रुपैयाँ, प्रदेश सरकार सशर्त अनुदानबाट चालु तर्फ ३ करोड ५१ लाख ८८ हजार, प्रदेश सरकार सशर्त अनुदान पुँजीगत तर्फ २ करोड १० लाख र प्रदेश सरकार समपूरक अनुदानबाट १ करोड ५० लाख प्राप्त हुने अनुमान छ । नगर सभाले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट पास समेत गरेको छ । 

प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  ०९:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update