Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसिकोट ७ मा पहिरोले सिँचाई कुुलोमा क्षेती, किसान चिन्तित 
क्षतिग्रस्त कुलाे ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ७ को एक पक्की सिँचाई कुलोमा पहिरोले क्षेति पुर्याएको छ । वर्षाका कारण ३ सय ७५ मिटर लामो सिँचाई कुलोमा पहिरोले क्षेती पुर्याएको हो । ३ महिना अघि मात्रै निर्माण सम्पन्न भएको साँखखोला, रेटावाङ, फेदचङ, सोताखेत, तङतारा सिँचाई कुलो आयोजनामा पहिरोले क्षेती पुर्याएको किसान शिवानन्द पाण्डेले जानकारी दिनुभयो । 

उहाँका अनुसार पक्की सिँचाई कुलोको तल पट्टीको जमिन भासिदा सिँचाई कुलोमा क्षेती पुगेको छ । सिँचाई कुलो निर्माण सम्पन्न हुँदा किसानहरु खुसी भएका थिए । तर ३ महिना नपुग्दै पहिरोले कुलोमा क्षेती पुर्याउदा  किसानहरु धानबाली लगायत अन्य खेतिपाती गर्न सिँचाईको समस्या हुने भन्दै चिन्तित बनेको स्थानीय विकास पाण्डे बताउनुभयो । 

पहिरोले क्षेती पुर्याएको कुलो मर्मतका लागि स्थानीय सरकारले ध्यान दिनुपर्ने किसानहरुको माग छ । उक्त सिँचाई कुलो स्थानीय उपभोक्ता समिति मार्फत गत चैत २५ गते सम्पन्न भएको थियो । पक्की सिँचाईकुलो निर्माणका लागि  कर्णाली प्रदेश भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको १४ लाख ३४ हजार ८ सय ८३ रुपैयाँ खर्च भएको थियो । 
 

प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  १४:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update