Kakhara सबैको खबर सम्पूर्ण खबर
जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वमा टोकन प्रणालीको सुरुवात
टोकन लिदै भुमे गाउँपालिका ४ का दलै बुढा ।

जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वले टोकन प्रणालीको सुरुवात गरेको छ । कार्यालयबाट प्रवाह हुने सेवालाई सजिलो, छरितो र प्रभाकारी बनाउने उदे्श्यले प्रशासनले टोकन मार्फत सेवा प्रवाह सुरु गरेको हो । टोकन मेशिन जडान गरेपछि आज भुमे गाउँपालिका ४ का दलै बुढाले राष्ट्रिय परिचय पत्रको लागि टोकन स्लिप लिए संगै यो सेवाको सुरुवात भएको छ । अव सेवाग्राहीहरुले टोकन लिएर प्रशासनको कुनैपनि सेवा पाउँने छन् । 

यसबाट सेवाग्राहीलाई कुनैपनि सेवा लिन रनभुल्ल पर्नुपर्ने र लामो समय लाईनमा बस्नुपर्ने बाध्यताको अन्त्य हुने प्रमुख जिल्ला अधिकारी राजकुमार राईले बताउनुभयो । ‘यसअघि पहुँचमा रहेका सेवाग्राहीहरुले सजिलै सेवा लिने गर्थे, तर अव त्यसो हुने छैन् । सबै सेवाग्राहीले टोकन नम्बरका आधारमा सेवा पाउँनुहुने छ ।’

यो सेवाबाट सबैभन्दा बढी गाउँबाट आएका, पहुँचमा नभएका र धेरै जानकार नभएका सेवाग्राहीलाई लाभ मिल्ने उहाँको भनाई छ । ‘अव सेवाका लागि सेवाग्राहीले फाँट खोज्ने होईन कि सेवाग्राहीलाई सिस्टमले खोज्ने छ, प्रमुख जिल्ला अधिकारी राईले भन्नुभयो ।’ त्यस्तै प्रशासनले सेवाप्रवाहलाई सहज बनाउनका लागि केयर सेन्टर पनि स्थापना गरेको छ । 

अधिकांश जिल्लावासीहरु मगर खाम भाषि भएका कारण उनिहरु सबैले नेपाली बोल्न नसक्ने र नबुझ्ने समस्याका कारण सेवा दिन समस्या भइरहेकोले सहजताका लागि केयर सेन्टर स्थापना गरी त्यसमा खाम भाषा बुझ्ने कर्मचारीलाई खटाईएको प्रशासनले जनाएको छ । उक्त कर्मचारीले सेवाग्राहीलाई कुन सेवाको लागि आएको हो र उक्त सेवा कसरी प्राप्त गर्ने भन्ने बारेमा बुझाउने काम गर्ने बताईएको छ । 


 

प्रकाशित मिति: मंगलबार, चैत १०, २०७७  ११:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update