Kakhara सबैको खबर सम्पूर्ण खबर
३२ युवा क्लव तथा समूहलाई खेलकुद सामग्री
सल्यानको दार्मा गाउँपालिका ५ र ६ युवा क्लव तथा समूहलाई खेलकुद सामग्री प्रदान गरिँदै ।

दार्मा गाउँपालिकाले पालिकाभित्रका ३२ युवा क्लव तथा युवा समूहलाई खेलकुद सामग्री प्रदान गरेको छ । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नारा गाउँ तथा वडा स्तरमा कार्यान्वयनका गर्न भन्दै गाउँपालिकाले खेलकुद सामग्री प्रदान गरेको हो । युवा क्लव तथा समूहहरूलाई भलिबल र ब्याडमिन्टन खेलका लागि आवश्यक सामग्रीहरू प्रदान गरिएको हो । खेलकुदमा युवाहरूलाई उत्प्रेरित गर्नुका साथै खेलको माध्यमबाट सु–संस्कृत, सभ्य र समतामूलक समाज निर्माणमा टेवा पुगोस् भन्ने उद्देश्यले खेलकुद सामग्री वितरण गरिएको गाउँपालिका अध्यक्ष निमबहादुर केसीले जानकारी दिनुभयो । युवाहरू कुलत र अनुचित कार्यमा लाग्ने नभइ आफ्नो र सामग्र दार्माको पहिचानका लागि रचनात्मक र सकरात्मक बन्नुपर्नेमा अध्यक्ष केसीले जोड दिनुभयो । चालु आर्थिक वर्षमा खेलकुद क्षेत्रमा विनियोजित बजेटबाट खेलकुद सामग्री वितरण गरिएको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख (शिक्षा अधिकृत) शेरप्रसाद ढकालले जानकारी दिनुभयो । हरेक वर्ष यसरी नै युवाहरुको रोजाइ अनुसारका काम गर्दै जाने योजना रहेको अधिकृत ढकालले बताउनुभयो । उहाँका अनुसार खेलकुद सामग्री सम्बन्धित वडा कार्यालय पुगेर हस्तान्तरण गरिएको थियो । ५ र ६ नम्बर वडाका युवा क्लव तथा समूहलाई सयुंक्त रुपमा सामग्री प्रदान गरिएको थियो भने अन्य वडाको भने वडा कार्यालय टोल तथा वस्तिमै पुगिएको थियो ।

प्रकाशित मिति: मंगलबार, कात्तिक ४, २०७७  १७:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update