Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा धान दिवस मनाइयो 
धान दिवसकाे अवसरमा मुसिकाेट ३ काे माछिमी जिउलामा राेपाइ हुँदै । फाेटाे: महेश केसी

आज असार १५, राष्ट्रिय धान दिवस । रुकुम पश्चिममा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । कृषि विकास कार्यालयले दिवसको अवसरमा मुसिकोट नगरपालिका वडा नम्बर ३ को माछिमी जिउलामा रोपाई कार्यक्रमको आयोजना गरेको थियो । सहभागी जिल्लास्थित सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरुले धान रोपाई गरेका थिए ।

कृषि विकास कार्यालयका निमित्त प्रमुख मिनबहादुर केसीका अनुसार रोपाइका साथै रसाकसी समेत संचालन गरिएको थियो । जनप्रतिनिधि र कर्मचारीका विचमा भएको रसाकसीमा जनप्रतिनिधिको टोली विजयी भएको थियो । त्यस्तै जनप्रतिनिधि र कर्मचारीको टोली तथा किसानका विचमा भएको रसाकसीमा किसान विजयी हुँदा महिला कर्मचारी र महिला किसानका विचमा भएको रसाकसीमा महिला किसानले जितेको निमित्त प्रमुख केसीले बताउनुभयो । 

357076842_9476070692467785_3190180183039770271_n1688113657.jpg
फाेटाेः महेश केसी ।

कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख लुम्बिनी गौतम, मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र कृसी, प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्त, सुरक्षा निकायका प्रमुख, जिल्लास्थित कार्यालय प्रमुख तथा प्रतिनिधि, कर्मचारी, पत्रकार लगायतको उपस्थिति रहेको केसीले बताउनुभयो । 

355866450_6305440852858480_1710481187882473485_n1688113660.jpg
फाेटाे रमेश पुन ।

त्यस्तै जिल्लाका अन्य ठाउँहरुमा पनि धान दिवस मनाइएको छ । आठबीसकोट नगरपालिकाको राडीमा दिवसको अवसरमा सरोकारवालाहरुको उपस्थितिमा रोपाई गरिएको छ । नगर प्रमुख रबी केसी, निमित्त प्रमुख प्रशासकीय अधिकृत मणि राज शाह, ९ नम्बर वडाध्यक्ष जनक बटाला लगायतको रोपाइमा सहभागिता रहेको थियो । लक्ष्मीनाराण कृषि सहकारी संस्थाले रोपाई कार्यक्रमको आयोजना गरेको हो । 

‘जलवायु अनुकूलित कृषक मैत्री प्रबिधि, धान उत्पादनमा बृद्धि’ भन्ने नाराका साथ यो वर्ष देशभरमा राष्ट्रिय धान दिवस मनाइएको छ ।

357102806_1030771514573763_4417185877632786798_n1688113851.jpg
आठबीसकोट नगरपालिकाको राडीमा धान दिवसको अवसरमा धान रोपाई चल्दै । फोटोः सत्य बटाला 

प्रकाशित मिति: शुक्रबार, असार १५, २०८०  १४:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update