रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका २, को जनकल्याण माविमा छात्रवृत्ति अक्षय कोष स्थापना गरिएको छ । विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष स्वर्गिय धनिराम खत्रीको सम्झनामा छोराहरु जोखबहादुर खत्री र दुर्गालाल केसीले उक्त अक्षय कोष स्थापना गर्नुभएको हो ।
गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने गरी ५१ हजार रुपैयाँको अक्षय कोष स्थापना गर्नुभएको हो । अक्षय कोष वापतको उक्त रकम विद्यालयको खातामा जम्मा भइसकेको छ । अक्षय कोषको मुल रकमलाई बढाउँदै लैजाने प्रतिबद्धता पनि छोराहरुको तर्फबाट भएको छ ।
हाल घारोही उपमहानगरपालिका दाङ बस्दै आउनु भएका जोखबहादुर र दुर्गालालको जन्मघर यही जिपु गाउँ हो । केही वर्ष अघि उहाँहरु बसाई सरेर दाङ जानुभएको थियो । स्वर्गिय खत्री साविक पिपल गाविसको ४ नम्बर वडाध्यक्ष पनि हुनुभएको थियो ।