रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ३ मा सोमबार राती पानी सहित आएको हावाहुरीले मकै बालीमा क्षति पुुर्याएको छ । वडाको खाराखाली, मसारी, डाडाँखाली र जुम्लेपोखरी सहित गाउँपालिकाका विभिन्न ठाउँमा लगाइएको मकै बालीमा क्षेती पुर्याएको हो । भर्खर धानेबाला लागिरहेको समयमा मकै बालीमा क्षति पुग्दा किसानहरु चिन्तित बनेका छन् ।
हावाहुरीले आफुले लगाएको मकै बालीमा पुर्ण रुपमा क्षति पुर्याएको किसान टिकाराम विष्टले बताउनुभयो । मकै बालीमा क्षेति पुग्दा ३ महिनाको परिश्रम खेर गएको उहाँको भनार्ई रहेको छ । त्यस्तै अर्का किसान पहलमान विष्टले पनि आफुले लगाएको बारीमा कुनै पनि ठाउँ बाँकी नराखेर मैक बाली हावाहुरीले ढालेर नस्ट भएको बताउनुभयो ।
हावाहुरीले क्षति गरेपछि मकै उत्पादन घटेर खाद्य संकट निम्तन सक्ने भन्दै किसानहरु चिन्तित बनेका छन् । यसतर्फ स्थानीय सरकारले ध्यान दिनुपर्ने किसानको माग छ ।