Kakhara सबैको खबर सम्पूर्ण खबर
खरखरेमा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध 
खरखरेमा झरेकाे पहिराे ।

रूकुम पश्चिमकाे मुसिकोट नगरपालिका वडा नम्बर ३ खरखरेमा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । आज बिहान करिब ११ बजेको समयमा सडक माथिबाट खसेको पहिरोले सडक अवरुद्ध बनाएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । जसका कारण मध्यपहाडी लोकमार्ग हुँदै सदरमुकाम मुसिकोट खलंगा आउने तथा मुसिकोटबाट सानीभेरी, चौरजहारी लगायतका ठाउँ जाने सवारी साधन रोकिएका छन् ।

पहिरो हटाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटना स्थलमा प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मध्यपहाडी लोकमार्गको सेरिगाउँ–हाँसिबाङ सडक खण्ड अन्तर्गत पर्ने खरखरेमा कमजोर भूगोलका कारण लोकमार्ग जोखिममा रहेको छ । सुख्खा पहिरो समेत खसिरहने खरखरेमा वर्षात सुरु भएसंगै जोखिम झन बढेको छ ।  
358501778_826397659048306_7905311744499878135_n1688542113.jpg

प्रकाशित मिति: बुधबार, असार २०, २०८०  १२:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update