रुकुम पूर्वमा बालिकालाई अपहरण गरी शरीर बन्धक र जबरजस्ती करणी गर्ने दुई जना पक्राउ गरेका छन् । जिल्लाकै १४ र १५ वर्षका दुई बालिकालाई अपहरण गरी शरीर बन्धक बनाई करणी गरेको अभियोगमा रुकुम पूर्वकै दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ ।
पक्राउ पर्नेमा २३ वर्षका युवा र १४ वर्षका बालक रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक गनेशबहादुर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार उनिहरुलाई सोमबार पक्राउ गरिएको हो । चैत्रको १ गते घरबाट हराएका ती बालिकाहरु ९ दिनसम्म पनि परिवारको सम्पर्कमा नआएपछि सोमबार मात्रै प्रहरीमा आफन्तको निवेदन परेको डिएसपी श्रेष्ठले बताउनुभयो ।
निवेदन परेलगत्तै प्रहरीले अनुसन्धान थालेको र सोही दिन अभियुक्त दुई जनालाई रुकुमकोटबाट पक्राउ गरिएको उहाँले जानकारी दिनुभएको छ । ती दुई बालिलाई २३ वर्षको युवाको शरीर बन्धक बनाई जबरजस्ती करणी गरेको नाजुक अवस्थामा फेला पारी उद्धार गरिएको प्रहरीले जनाएको छ ।
१ गते अपहरण गरेर कोठामा बन्धक बनाएर राखेको दिनबाटै बालिकामाथी करणी हुँदै आएको अनुसन्धानबाट खुल्न आएको डिएसपी श्रेष्ठले बताउनुभएको छ । डीएसपी श्रेष्ठकाअनुसार ती बालिकाहरुलाई बिहान ५ बजेको समयमा दिसा पिसाब गराउनको लागि आफै शौचालय पुर्याउने र त्यसपछि दिनभरी कोठामा थुनेर राख्ने गरेको खुल्न आएको छ ।
बालिकाहरु रुने, चिच्याउने गरेमा विभिन्न धम्की दिएर डराइरहेको पनि प्रहरीले जनाएको छ । जबरजस्ति करणी गर्ने उदेश्यले बालिकाको अरपरहण गरी बन्धक बनाएको खुल्न आएको प्रहरीले जनाएको छ । अभियुक्त दुई जनामाथी अपहरण, शरिर बन्धक र जबरजस्ती करणीको मुद्धा दर्ता गरिएको छ ।
बालीकाको भने स्वास्थ्य परिक्षण चलिरहेको र प्रहरीको संरक्षणमा राखिएको छ । उनिहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताउदै छिटै आफन्तको जिम्मा लगाउने डिएसपी श्रेष्ठले बताउनुभएको छ । प्रहरीले दुवै जनालाई थप अनुसन्धानका लागि भन्दै रुकुमकोट जिल्ला अदालतबाट म्याद थपाएको छ ।