Kakhara सबैको खबर सम्पूर्ण खबर
व्यक्तिगत रुपमा दलित परिवारको मालपोत कर तिरिदिँदै वडाध्यक्ष  
वडाध्यक्ष जयबहादुर थापा ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष  जयबहादुर थापाले  पदभार ग्रहणको समयमा बोलेका बाचा पुरा गर्न लाग्नुभएको छ । उहाँ निर्वाचित भएपछि पदभार ग्रहणको  सयमा दलितलाई मालपोत कर निःशुल्क रुपमा गर्ने घोषणा गर्नुभएको थियो । सोही अनुसार वडामा असार १९ देखि २३ गतेसम्मका लागि जारी मालपोत कर संकलन कार्यक्रममा आफ्नो व्यक्तिगत खर्चबाट दलित समुदायको मालपोत कर तिरिरहनुभएको छ ।

आफु निर्वाचित हुन भन्दा पहिलेको बक्यौता रकम बाहेक आर्थिक वर्ष २०७९÷०८० को दलित समुदायको मालपोत कर आफ्नो व्यक्तिगत खर्चबाट तिर्ने वडा अध्यक्ष थापाले बताउनुभयो । उहाँका अनुुसार वडामा रहेका ५० देखि ६० दलित घर परिवारले आफ्नो कार्यकाल भरीमा मालपोत कर तिर्न नपर्ने उहाँको भनाई छ । वडाले अभियानकै रुपमा मालपोत कर संकलन कार्यक्रम संचालन गरिरहेको छ । 

टोल छुट्याएर वडामा ५ दिन मालपोत कर तथा सम्पत्ति संकलन कार्यक्रम सञ्चालन भइरहेको वडा सचिव विरबहादुर ओलीले बताउनुभयो । उहाँका अनुसार हिजो र आज शहरी स्वास्थ्य केन्द्र घोरखानी, २१ गते वडा कार्यालय गर्पाधुरी, २२ र २३ गते शहरी स्वास्थ्य केन्द्र नुनथलामा कार्यक्रम हुने छ ।

प्रकाशित मिति: बुधबार, असार २०, २०८०  १३:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update