रुकुम पश्चिममा स्वास्थ्य संस्थामा पुगेर सुत्केरी हुुने महिलाको संख्या बढेको छ । अघिल्ला वर्षहरु भन्दा चालु आर्थिक वर्ष २०७९/०८० मा जिल्ला भरका स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको संख्या बढेको हो । स्वास्थ्य सेवा कार्यालयले शुक्रबार आयोजित पत्रकारहरुसंग अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य संस्थामा पुगेर नियमित गर्भजाँच गराउनुका साथै स्वास्थ्य संस्थामै सुत्केरी हुने महिलाको संख्या बढ्दै गइरहेको जनाएको हो । यद्धपी अझैपनि घरमा सुत्केरी हुनेको संख्या शुन्यमा झर्न नसकेको कार्यालयले जनाएको छ ।
जिल्ला भर गत साउन महिना देखि हालसम्म ३ हजार ३७ जना महिला स्वास्थ्य संस्थामा पुगेर सुत्केरी भएको जिल्ला अस्पताल सल्लेका डाक्टर सुशिल पोखरेलले जानकारी दिनुभयो । गत आर्थिक वर्ष २०७८/०७९ मा ३ हजार ३ सय ९ जना महिला स्वास्थ्य संस्थामा सुत्केरी भएका थिए । चालु आर्थिक वर्ष अझै केही दिन बाँकी रहेकोले सुत्केरीको संख्या बढ्न सक्ने डाक्टर पोख्रेलले बताउनुभयो ।
उहाँका अनुसार यो वर्ष सबैभन्दा वढी चौरजहारी अस्पतालमा ८ सय २९ जना महिला सुत्केरी भएका छन् । सबैभन्दा कम १३ जना महिला भलाक्चा स्वास्थ्य चौकीमा सुत्केरी भएका छन् । जिल्ला अस्पताल सल्लेमा ७ सय ४१, आठबीसकोट नगर अस्पतालमा ३ सय १४, सानीभेरी गाउँपालिका अस्पतालमा १ सय ७३, गोतामकोट स्वास्थ्य चौकीमा १ सय, सहिद स्मृति अस्पताल चौरजहारीमा ९९, सिम्रुतु स्वास्थ्य चौकीमा ८९, मग्गा स्वास्थ्य चौकीमा ८५ जना महिला सुत्केरी भएको डाक्टर पोाखरेलको भनाई छ ।
त्यस्तै मुरु स्वास्थ्य चौकीमा ७९, बाँफिकोट स्वास्थ्य चौकी र नुवाकोट स्वास्थ्य चौकीमा ६८/६८ जना, पिपल स्वास्थ्य चौकीमा ६०, स्यालाखदी स्वास्थ्य चौकीमा ५५, छिवाङ स्वास्थ्य चौकीमा ३७ जना सुत्केरी भएका छन् । खारा स्वास्थ्य चौकी र घेत्मा स्वास्थ्य चौकीमा ३३/३३ जना, अर्मा स्वास्थ्य चौकीमा ३२, चाइनाबगर स्वास्थ्य संस्थामा ३०, कोटजहारीमा २९, साँख स्वास्थ्य चौकीमा २४, पेउघा स्वास्थ्य चौकीमा २२ र दुली स्वास्थ्य चौकीमा १७ जना सुत्केरी भएको बताइएको छ ।