रुकुम पश्चिमका २७ जना पत्रकारहरुको आँखा जाँच गरिएको छ । नेपाल पत्रकार महासंघ रुकुम पश्चिम शाखाले मुसिकोट खलंगाको त्रिवेणी चोकमा रहेको आँखा स्वास्थ्य सेवा तथा चस्मा घरको सहयोगमा शनिबार पत्रबारको आँखा जाँच कार्यक्रम आयोजना गरको हो ।
आँखा जाँच गराएका अधिकांश पत्रकारहरुमा दृष्टि दोषको समस्या देखिएको छ । १९ जनामा दृष्टि दोषको समस्या देखिएको आँखा स्वास्थ्य तथा चस्मा घरका दृष्टि बिषेशज्ञ मन्दिप गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार ५ जनामा आँखा सुख्खा हुने र २ जनालाई कलर भिजनको समस्या रहेको छ ।
नेपाल पत्रकार महासंघले प्रत्यक वर्ष जिल्लामा क्रियाशिल पत्रकारहरुको आँखा चेक जाँच गर्दै आएको छ । कम्प्युटरमा काम गर्दा आँखामा विभिन्न समस्या आउने भएकाले प्रत्यक वर्ष महासंघले पत्रकारहरुको आँखा जाँच कार्यक्रम आयोजना गरिरहेको महासंघका अध्यक्ष लक्ष्मण केसीले जानकारी दिनुभयो ।
दृष्टि बिषशेज्ञ मन्दिप गौतम र नेत्र सहायक पुष्पा पोखरेलले आँखा चेकजाँच गर्नुभएको थियो ।