आइटिएफ तेक्वान्दो संघ रुकुम पश्चिमको अध्यक्षमा दिपक विक
आइटिएफ तेक्वान्दो संघ रुकुम पश्चिमको नयाँ नेतृत्व चयन गरिएको छ । आइतबार मुसिकोटमा भएको दोस्रो अधिवेशनबाट दिपक विकको अध्यक्षतामा ११ सदस्यीय नयाँ नेतृत्व चयन गरिएको हो । जसको उपाध्यक्षमा प्रकाशविक्रम घर्ती, सचिवमा प्रशान्त बुढा र कोषाध्यक्षमा मनिषा विक रहनुभएको छ ।
सदस्यहरुमा सुनिल ओली, टिकेन्द्र ओली, जनक बुढा, महेन्द्र बुढाथोकी, टिकाराम विक, ओमप्रकाश ओली र अञ्जली विक रहनुभएको छ । जिल्ला अध्यक्ष भुपेन्द्र ओलीको अध्यक्षतामा भएको अधिवेशनमा जिल्ला खेलकुद विकास समितिका कार्यालय सचिव लिलाप्रसाद ढकालको प्रमुख आतिथ्यता रहेको थियो ।
प्रकाशित मिति: सोमबार, असार २५, २०८० १६:२७
प्रतिक्रिया दिनुहोस्