रूकुम पश्चिमकाे मुसिकाेट नगरपालिका १ बागबजारमा रहेकाे खलंगा सिटी अस्पतालका संचालक डाक्टर राजकुमार भुजेलले आफ्नाे जन्मदिनकाे अवसरमा पत्रकारलाई दुर्घटना बीमा र एक विद्यालयकाे काेषमा सहयाेग गर्नुभएकाे छ । उहाँले प्रेस सेन्टर रूकुम पश्चिमका १३ जना पत्रकारलाई २ लाख ५० हजार बराबरकाे दुर्घटना बीमा गरिदिनुभएकाे हाे । त्यस्तै उहाँले आफ्नाे गाउँकाे विद्यालय धादिङकाे सत्यवति माध्यमिक विद्यालयमा रहेकाे बाल शिक्षा काेषमा २० हजार रूपैयाँ सहयाेग गर्नुभएकाे छ ।
सामाजिक उत्तरदायित्व अन्तर्गत जन्मदिन मनाउने खर्चलाई कटाएर सामाजिक काममा गर्च गरेकाे डाक्टर भुजेलले बताउनुभयाे । धादिङ निवासी डाक्टर भुजेलले लामाे समय जिल्ला अस्पताल सल्लेमा सेवा गर्नुभएकाे थियाे । विगत २ वर्ष देखि भने उहाँले खलंगाकाे बागबजारमा खलंगा सिटी अस्पताल संचालन गर्दै आउनुभएकाे छ ।