Kakhara सबैको खबर सम्पूर्ण खबर
त्रिवेणी गाउँपालिकाको चालु आर्थिक वर्षको वित्तीय प्रगति ८९ प्रतिशत

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९/०८० मा कुल बजेटको ८९.३ प्रतिशत बजेट खर्च गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा कुल बजेट मध्ये ५६ करोड १५ लाख ९७ हजार बजेट खर्च गरेको हो । 

चालु तर्फ ८६.५ प्रतिशत अर्थात ३६ करोड ८८ लाख ९६ हजार बजेट खर्च भएको प्रमुख प्रशासकीय अधिकृ प्रेमबहादुर घर्तीले जानकारी दिनुभयो । उहाँका अनुसार चालुु तर्फ चालु आर्थिक वर्षका लागि ४२ करोड ४९ लाख ५७ हजार बजेट विनियोजन भएको थियो । 

चालु भन्दा पुँजीगत बजेट बढी खर्च भएको छ । पुँजीगत तर्फ २० करोड ५७ लाख ९७ हजार बजेट विजियोजन भएकामा ९३.६३ प्रतिशत खर्च भएको प्रमुख प्रशासकीय अधिकृत घर्तीले बताउनुभयो । यो कुल बजेट मध्ये १९ करोड २७ लाख हो । गाउँपालिकामा चालु आर्थिक वर्ष २०७९÷०८० मा चालु र पुँजीगत गरेर ६३ करोड ७ लाख ५४ हजार बजेट विनियोजन भएको थियो । 

जसमा चालु र पुँजीगत गरेर त्रिवेणी गाउँपालिकाले  ८९.३ प्रतिशत अर्थात ५६ करोड १५ लाख ९७ हजार बजेट खर्च भएको जनाएको छ ।
 

प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  १७:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update