जाजरकोट–रुकुमको यात्रा निकै रमाइलो, फलदायी, सिकाइमूलक र सुखद रह्यो । साथीहरूको साथ, माया र सम्मान पाइयो । हरेक पलहरू विशेष बने । बिशेष लाग्छ । सधैंको लागि गहिरो माया अनि मीठो सम्झना बोकेर फर्किएँ । तथापी मनले भन्छ भ्रमण पूर्ण भने हुन सकेन । अझै केही कुरा छुट्यो । अपुरो नै रह्यो ।
नयाँ वर्ष २०८० मनाउन जाजरकोट–रुकुम जाने योजना अचानक बन्यो । धेरै समय अगाडिदेखी जाजरकोटको साथी सर्मिला रावत र चौरजहारीको साथी शेर प्रसाद ढकालबाट भ्रमणको लागि निम्तो आइरहेको थियो । जाने योजना बन्न सकेको थिएन ।
नयाँ वर्ष, वीकेण्ड गरि साढे तीन दिनको बिदा छ । काठमाडौं जाऔं, भर्खर एक हप्ता अघि मात्र कोहलपुर आएको छु । कसरी मनाउने भन्ने बिषयमा अफिस सकेर साथीहरूसँग चिया खाने बहानामा भेट भयौं । कुरा भयो । जाजरकोट र रुकुमका साथीहरूको निम्तोको याद आयो । उतिखेरै साथी शेर प्रसाद ढकाललाई म्यासेज पठाए । त्यही योजना बन्यो । सहकर्मी ज्योती बुढा र म रुकुम जान तयार भयौं ।
जाजरकोट– रुकुम कसरी जाने, कुन बाटो जाने, कुन एरियामा कुन कुन ठाउँ पर्छ भनेर गुगल म्यापबाट पत्ता लगाएँ । साथी शेर प्रसाद ढकाल, सर्मिला रावत र रुपेश बिसिसँग छुट्टाछुट्टै कुरा गरेँ । साथी ज्योतिले रुकुम खलंगाका साथीहरू महेश केसी र मनिष खड्कासँग चाँजोपाँजो मिलाउनु भयो । उहाँहरूको सल्लाह बमोजिम नै जाजरकोट–रुकुम जाने निर्णय गरियो ।
दृश्य अबलोकन र कुराकानी गर्दै लुकुमको ऐतिहासिक मगर बस्तीमा पुग्यौं । बस्ती देखेर अचम्म लाग्यो । अजङगको पहाडको काखमा अवस्थित छ बस्ती । गन्न सकिने धुपी सल्लाको बोटबाहेक पुरै पाखा सुख्खा छ । हिउँ झर्ने पाखाहरूमा पनि गर्मी नै महसुस भयो ।
हिड्ने दिन गाडीको बारेमा बुझ्न बिहानै ब्याटमिन्टन खेलेर फर्किदै गर्दा बसपार्कमा पसेँ । गाडीको फोन नम्बर लिएर रूम आँए । सबै तयार गरी अफिस लागेँ । आधा दिनको अफिस सकेर १२ः४० बजे जीपमा जाजरकोट लाग्यौं ।
जीपमा अगाडीको सीट लियौं । हाम्रो पहिलो यात्रा थियो जाजरकोटको । गुरुजीलाई ठाउँहरू चिनाउदै लैजान अनुरोध गर्याैं। सोही अनुरुप गुरुजीले पनि ठाउँहरू चिनाउदै लैजानु भयो । जाजरकोट पुगेपछि गूगल म्याप हेर्दै कसैलाई नसोधी होटेल पुग्यौं । होटेलको खाना र सुताइ भने गज्जबको रह्यो ।
यात्राको दोस्रो दिन नयाँ वर्ष (बैशाख १) जाजरकोट दरवार, चौरजहारी नगरपालिका, भेरी नदीको तिर, मुसिकोट खलंगाको झोलुङ्गे पूलको अनुभवहरू बटुल्यौं ।
तत्कालीन बाइसे राज्यको जाजरकोट दरवार अहिले जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समितिको कार्यालय तिर निस्कियौं । त्यहीबाट नयाँ वर्षको सुरुवात र शुभकामना व्यक्त गर्यौं।
जाजरकोटमा खाना खाएर हामी चौरजहारी लाग्यौं । साथी शेर प्रसाद ढकालको मार्गदर्शन अनुसार मटेलासम्म हायसमा झर्यौं । भेरीमा झोलुङ्गे पुल तरेर अटो लिएर चौरजहारी नगरपालिकाको कार्यालयमा १२ः३० बजे पुग्यौं ।
नयाँ वर्ष मनाउन भनेर स्थानीयहरू नगरपालिकाको कार्यालय परिसरमा घुम्न आएका रहेछन् । आँपको सितल छहारीमा हामी पनि उनीहरूसँगै मिसियौं । फोटो खिच्यौं । बगैंचालाई अझै हरियाली, सितलमा वस्ने चौतारी बनाउन सके अझ सहज हुने रहेछ भन्ने लाग्यो । त्यहाँ पुगेको बोधार्थ नगरपालिका अगाडि उभिएर खिचेको फोटो नै साथीलाई म्यासेजमा पठाइ दिएँ । कल गरिन । एकैछिन पछि उहाँ आउनु भयो । मैले ज्योतीलाई भनेँ साथी आउनु भयो, अब म्यासेज हेर्नू हुन्छ अनि कल गर्नु हुन्छ । नभन्दै साथीको कल आइहाल्यो । मैले अगाडीबाट हात हल्लाएँ, उहाँले हामीलाई देखेर बोलाउनु भयो ।
झोलुङ्गे पूल त अरुबेला पनि तरि राखेकै हो । अरूबेला जस्तै सामान्य सोचिएछ । गफ गर्दै पूल तर्नतिर लागियो । बिचमा पुगेपछी पो मुटु टुक्रियो डरले । खुट्टाले राम्ररी टेक्न सक्दैन । मुटु च्युँ च्युँ हुन्छ । हातले पूलको बार समात्दै बल्ल बल्ल पारी पुगियो । जसोततो पारी पुगियो तर फर्केर आउने हिम्मत आएन ।
साथीले चौरजहारी नगरपालिकाका मेयर पुष्प बादीसँग परिचय गराउनु भयो । उहाँको टीमको न्यायो स्वागत पाइयो । चिसो खुवाउनु भयो । त्यही बसेर एकछिन बात मार्यौं । त्यसपछि कार्यालयको अवलोकन भ्रमण गराउनु भयो । उहाँको कार्यकक्षमा बसेर केहीबेर बातचित ग¥यौं ।
त्यसपछी कार्यालय भवनको टपमा उक्लियौं । टपबाट नगरपालिकाको आकर्षक फाँट र क्षेत्रको अवलोकन गर्यौं । विभिन्न ठाउँहरूको बारेमा साथीले जानकारी गराउनु भयो । नगरपालिकाको आकर्षक फाँट, एयरपोर्ट, हस्पिटल, बजार, नमूना वस्तीको प्लानिङ, पर्यटन क्षेत्र, गाउँ, वडाहरू देखाउनु भयो । नगरपालिकाले स्थानीयको लागि सहुलियत दरमा ५ वटा नगर बस संचालनमा ल्याएको जानकारी पनि गराउनु भयो ।
त्यसपछि हामी ग्राउण्डमा झर्यौं । मेयरज्यूसँग फेरि कुराकानी गर्यौं । नगरपालिकाले प्रत्येक नगरवासीको ब्लड ग्रुप संकलन गरि सकेको, सोही अनुसार नगरबासीलाई सेवा पुर्याउने नगरपालिकाको योजना रहेको, सबै वडाहरूमा खानेपानी र सडक सुबिधा पुगिसकेको पनि बताउनु भयो । त्यसैगरी एयरपोर्ट र १०० शैयाको हस्पिटल निर्माणाधीन अवस्थामा रहेको जानकारी गराउनु भयो । निर्माण कम्पनीको सहयोगको कारण नगरपालिकाको प्रशासकीय भवन समयमै निर्माण कार्य सप्पन्न गर्न सकेकोमा खुशी व्यक्त गर्नु भयो ।
चौरजहारी नगरपालिकाको आकर्षक फाँटलाई यथास्थिती मै राख्न सके निकै राम्रो हुन्थ्यो । यस्तो राम्रो फाँट कंक्रीटमा रुपान्तरण नभइ दिए हुन्थ्यो । बरु नमूना कृषि क्षेत्रमा परिणत गर्न सके राम्रो हुन्थ्यो भन्ने बिचार राखेँ । मेयर ज्यु र साथी प्रमुख प्रशासकीय अधिकृत शेर प्रसाद ढकालले मध्ये पहाडी लोकमार्ग अन्तर्गतको नमूना बस्तीको योजनामा परिसकेकोले रोक्न नसकिने बताउनु भयो ।
छोटो मीठो कुराकानी पछि हामी फाँट–एयरपोर्ट हुँदै भेरी नदीको किनारतिर लाग्यौं । नदीको तीरमा आफ्नै सुरमा हरायौं । फोटो भिडियो खिच्यौं । पानीको वहाव र छालसँगै रमायौं । केहिबेर पछि नगरपालिकाको कार्यालय फर्कियौं । खाजा खायौं । अनि मुसिकोट तर्फ हाम्रो यात्रा अघि बढ्यो । करीव एक घण्टाको यात्रा पछि साढे पाँच बजे खलंगा पुग्यौं ।
खलंगामा साथी महेश र मनिषले हामीलाई पर्खी रहनु भएको थियो । हामी पुग्ने बितिकै होटेलमा झोला राखेर झोलुङ्गे पुलतिर लाग्यौं । झोलुङ्गे पूल त अरुबेला पनि तरि राखेकै हो । अरूबेला जस्तै सामान्य सोचिएछ । गफ गर्दै पूल तर्नतिर लागियो । बिचमा पुगेपछी पो मुटु टुक्रियो डरले । खुट्टाले राम्ररी टेक्न सक्दैन । मुटु च्युँ च्युँ हुन्छ । हातले पूलको बार समात्दै बल्ल बल्ल पारी पुगियो । जसोततो पारी पुगियो तर फर्केर आउने हिम्मत आएन । पुल निकै उचाइमा रहेछ । पारी तर्दै सातो उड्यो ।
रुकुम पश्चिम भौगोलिक हिसावले निकै सुन्दर र सहज लाग्यो । रुकुम पूर्व भने अलिक बिकट र जटिल । चैत्र बैशाखको महिनामा पनि रुकुम पश्चिमका प्रत्येक भेग, फाँटहरू, खेत बारीका गह्राहरूमा झपक्क गहुँ फलेर पाक्नै लागेको देखिन्थ्यो । गहुँबारी पहेंलै देखिन्थ्यो। कतैकतै तरकारी खेती पनि लोभलाग्दो देखिन्थ्यो ।
पुलबाट फर्किने हिम्मत नआएपछी अर्कै बाटोबाट फर्किन पर्याे । भीरको बाटो त्यो पनि लामो । भीर पनि डरलाग्दो नै छ । तर पूलको बाटोभन्दा अलिक कम । भीरमा मान्छे हिड्ने बाटो पनि दुई तीन फीटको अन्तरमा घुमेको नागबेली छ । त्यो बाटो हिड्न पनि सजिलो छैन । उस्तै डर लाग्दो छ ।
यात्राको तेस्रो दिन हामी रुकुम पूर्वको रुकुमकोट र लुकुमको मगर वस्ती पुग्यौं । रूकुम पश्चिमको साँख गाउँ हुँदै रुकुमकोट पुग्यौं । रुकुमकोटको कमल हदको अवलोकन गर्यौं ।
लुकुम पुग्ने योजना थिएन । साथीहरू महेश केसी, मनिष खड्का, ज्योती बुढा र म भएर रुकुमकोट र स्यार्पु जाने योजना बनाएका थियौं । साथी महेशको रुकुमकोट महोत्सवमा उदघोषण गर्नु पर्ने जिम्मेवारी आयो । उहाँको समय मिलेन । त्यसपछी उहाँकै सल्लाह र सहयोगमा लुकुम जाने निर्णय गर्यौं ।
रुकुमकोटदेखि लुकुमसम्म करीब एक घण्टाको यात्रा भरी साथी मनिषले हरेक ठाउँ, बस्ती चिनाउदै, ईतिहास बताउदै बाइकमा यात्रा गर्यौं । हाइड्रोपावर, गाउँ बस्ती जाने बाटो जस्तै खाबाङ, टक्सेरा, मैकोट आदि जाने बाटोहरू देखाउदै लैजानु भयो ।
भूमे गाउँपालिकाको कार्यालय मास्तिर बाइक रोकेर पालिकाको बारेमा चिनाउनु भयो । गाउँपालिकाको कार्यालय राखिएको स्थानको बारेमा म बिस्वस्त हुनै सकिन । किन त्यस्तो साँघुरो ठाउँमा पालिकाको कार्यालय राखियो भनेर निकै पटक सोधेँ । त्यो भन्दा राम्रो ठाउँ नै छैन भन्ने जवाफ पाएँ साथीबाट। म विस्वस्त हुनै सकिन ।
यति धेरै निगालो घारी पाखै भरी पहिलो पटक देख्न पाएँ । स्थानीय स्रोतको प्रयोग गरि सामग्री उत्पादन गर्न सके आयआर्जन र रोजगारी बढ्न सक्थ्यो होला भन्ने लाग्यो । जताततै खोला र पानीको स्रोत रहेछ । स्थानीयको क्षमता बिकास र सीड मनि लगानी गरेर व्यवसायमूलक तरकारी उत्पादन गर्न सके कति जाती हुन्थ्यो लाग्यो । त्यसको लागि स्थानीय सरकारलाई सम्झें । स्थानीय सरकारको पहलमा सम्भव पनि छ । यस्तो कदमले यहाँका बासिन्दा स्वरोजगार बन्नुका साथै आर्थिक उन्नतिमा पनि टेवा पुग्ने देखिन्छ ।
दृश्य अबलोकन र कुराकानी गर्दै लुकुमको ऐतिहासिक मगर बस्तीमा पुग्यौं । बस्ती देखेर अचम्म लाग्यो । अजङगको पहाडको काखमा अवस्थित छ बस्ती । गन्न सकिने धुपी सल्लाको बोटबाहेक पुरै पाखा सुख्खा छ । हिउँ झर्ने पाखाहरूमा पनि गर्मी नै महसुस भयो ।
बस्तीभित्र छिर्ने कताबाट अचानक इच्छा जागेर आयो । हामी बस्तीमा छिर्यौं । पाखैभरि स–साना घरहरू छन् । वस्ती पस्ने स–साना बाटो । उक्लियौं अलिक माथिसम्म । उक्लिदै गर्दा एकजना स्थानीयबाट वस्तीमा ७०० घर भएको जानकारी पायौं । त्यहाँ खोस्टाबिनाको मकैको घोगा झुण्याइएर राखिएको चाहिँ नयाँ तरिका लाग्यो । किन मकै त्यसरी राखिन्छ भनेर सोध्न र बुझ्न भने पाइएन ।
संघीयताको उपलब्धि भनौं, स्थानीय तहहरूको कार्य र प्रयासहरू निकै प्रभावकारी देख्न सकिन्छ । पूर्वाधार निर्माण भएका छन् । छिटो छरितो सेवा प्रवाहबाट स्थानीय लाभान्वित भएको देख्न सकिन्छ । केन्द्रीकृत राज्य संरचना हुँदा दुर दराजमा रहेका गाउँबस्तीहरूमा अचेल झलमल बत्ती, आँगनमै सडक, घर घरमा धारा पुगेको देख्न सकिन्छ । शिक्षा, स्वास्थ्य सेवा स्थानीयस्तरबाटै उपलब्ध छन् ।
केही थान फोटो खिच्यौं अनि फर्क्यौं रुकुमकोट हुँदै खलंगा । बाटो भरी सोच्दै सोच्दै फर्किएँ । मध्ये पहाडी लोकमार्ग त बर्दान नै बनेछ रुकुमको लागि । यस्तो बिकट ठाउँमा कसरी मान्छेले जीवन बाँच्थे होलान् । कसरी यात्रा गर्थे होलान् । आधारभूत आवस्यकता कसरी पूरा गर्थे होलान् । उत्पादन गर्ने भूमी छैन । बजार छैन । यात्रा गर्ने बाटो सहज छैन । यस्तो ठाउँमा कसरी बस्ती बस्यो होला । दिमाग नै दुख्यो सोच्दा सोच्दा ।
रुकुम पूर्वको यात्रा सकेर रुकुम पश्चिमको सदरमुकाम खलंगा आइपुग्यौं । नयाँ वर्षको दिन मात्र ओपनिङ भएको रेस्टुरेन्टमा खाजा खायौं । मनिष साथीको अनुसार रुकुममा मेनु अनुसार अर्डर गर्न पाइने रेस्टुरेन्ट हो रे अप्सन क्याफे एण्ड रेस्ट्रो ।
त्यसपछी होटेल गयौं । फ्रेश भएर एकछिन आराम गरी फेरि अघिल्लो दिन अधिक डराएको झोलुङ्गे पूलतिर लाग्यौं । मनिष र देवकुमार ओली साथीले पर्खी रहनु भएको थियो हामीलाई । झमक्क साँझ पर्दै थियो । पुलको डिलमा बसेर हाँसो ठट्टा गर्दै पानीपुरी खायौं । मीठो सम्झनाका तरेलीहरू संंगाल्ने मौका मिल्यो ।
रुकुम पश्चिम भौगोलिक हिसावले निकै सुन्दर र सहज लाग्यो । रुकुम पूर्व भने अलिक बिकट र जटिल । चैत्र बैशाखको महिनामा पनि रुकुम पश्चिमका प्रत्येक भेग, फाँटहरू, खेत बारीका गह्राहरूमा झपक्क गहुँ फलेर पाक्नै लागेको देखिन्थ्यो । गहुँबारी पहेंलै देखिन्थ्यो। कतैकतै तरकारी खेती पनि लोभलाग्दो देखिन्थ्यो ।
सानीभेरी गाउँपलिकाको हाँसीबाङ आसपास तरकारी खेती र बीउ बिजन उत्पादनको लागि नमूना क्षेत्र लाग्यो । रुकुमको अधिकांश भागहरू भेरी नदी र अन्य खोला नदीको किनारमा छन् । बाह्रैमास उत्पादन गर्न सकिने प्रशस्त सम्भावना छन् । स्थानीय तहहरूले यसलाई प्रवर्द्धन गर्न सके असम्भव भने छैन ।
भौगोलिक सौन्दर्यता, गाउँ, बजार बस्तीको प्रत्यक्ष अवलोकन गरियो । लुकुम मगर बस्तीको अवलोकन पनि गरियो । तर ती बस्तीका मानिसहरूसँग किन अन्तरक्रिया गरिनँ, उनीहरूको जीवन शैली, रहन सहन, दिनचर्याबारे किन सोधिनँ । रुकुमबाट कोहलपुर फर्किदै गर्दा बाटैभरी मनमा थक थक लागि रह्यो । सायद विना योजनाको भ्रमण भएकोले छुट्यो धेरै कुरा । लुकुम जस्तै अन्य बस्तीहरू टक्सेरा, थवाङ, खावाङ पुगेर अवलोकन, अन्तरक्रिया गर्ने इच्छा जागेर आएको छ ।
संघीयताको उपलब्धि भनौं, स्थानीय तहहरूको कार्य र प्रयासहरू निकै प्रभावकारी देख्न सकिन्छ । पूर्वाधार निर्माण भएका छन् । छिटो छरितो सेवा प्रवाहबाट स्थानीय लाभान्वित भएको देख्न सकिन्छ । केन्द्रीकृत राज्य संरचना हुँदा दुर दराजमा रहेका गाउँबस्तीहरूमा अचेल झलमल बत्ती, आँगनमै सडक, घर घरमा धारा पुगेको देख्न सकिन्छ । शिक्षा, स्वास्थ्य सेवा स्थानीयस्तरबाटै उपलब्ध छन् ।
चौथो दिन विहानै खलंगादेखि चौरजहारी, मटेला हुँदै कोहलपुर फर्कियौं । खलंगामा साथी मनिष र देव ओलीले बिदाइ गर्नु भयो । चौरजहारीका साथी शेर प्रसाद ढकालले पनि बिदाइ कल गर्नु भयो भने कोहलपुरमा स्वागत रुपेश बिसिले गर्नु भयो । रुकुमेलीको न्यानो माया, सम्मान र सहयोग पाइयो । यात्रा सुखद रह्यो । त्यसैले पनि रुकुम यात्रा बिशेष बन्यो । सधैंको लागि मीठो सम्झना बनि रहिरहने छ ।