Kakhara सबैको खबर सम्पूर्ण खबर
भारतमा ज्यान गुमाएका त्रिवेणीका एकै परिवारका तीन जनाकाे शव गाउँपालिकाको सहयोगमा रूकुम ल्याईदै
सिम्लाबाट ल्याइएकाे शब रूपैडिहामा झारेर गाउँपालिकाकाे एम्बुलेन्समा राखिदै ।

गएको सोमबार भारतको सिम्ला जिल्लाको क्यारामा पहिरोमा पुरिएर ज्यान गुमाएका एकै घरका ३ जनाको शव नेपाल ल्याएको छ ।  त्रिवेणी गाउँपालिकाको सहयोगमा ती शव आज नेपाल ल्याएको हो ।  त्रिवेणी गाउँपालिकाको एम्बुलेन्स मार्फत नेपाल भारतको सिमानामा पर्ने रुपैडिहाबाट शव आज नेपाल ल्याएको त्रिवेणी गाउँकार्यपालिका सदस्य जनक विस्वकर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार घटना भएको ठाउँ देखि भने भारत सरकारको ५० हजार सहयोगमा फोर्स गाडीमा राखेर ३ वटै शव रुपैडिहासम्म ल्याइएको हो । त्यहाँबाट घरसम्म ल्याउनको लागि भने त्रिवेणी गाउँपालिकाको एम्बुलेन्स पुगेको उहाँको भनाई छ । 

शव भोली बिहानै घरमा पुग्ने र भोलीनै घर नजिकैको घाटमा अन्त्यष्टी गरिने बताइएको छ । मृतकको शव ल्याउन कार्यपालिका सदस्य विस्वकर्मा संगै ९ नम्बर वडा सदस्य भुपलाल ओली र मृतक दिपबहादुरका जेठा छोरा लोकेन्द्र ओली साथमा  हुनुहुन्छ ।

गत सोमबार भारतको सिम्ला जिल्लाको क्यारामा पहिरोले घर पुर्दा रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर  ९ टुनीबोटका एकै घरका ३ जना दिपबहदुर ओली, उहाँकी श्रीमती भिमा ओली र छोरा मोहन ओलीको ज्यान गएको थियो ।

प्रकाशित मिति: बुधबार, असार २७, २०८०  २१:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update