Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिम पुर्ण खोप सुनिश्चिता तथा दिगोपना जिल्ला घोषणा

रुकुम पश्चिम जिल्लालाई पुर्ण खोप सुनिश्चिता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । आज जिल्ला समन्वय समितिको कार्यालय मुसिकोट खलंगामा एक कार्यक्रमका विच जिल्लालाई पुर्ण खोप सुनिश्चिता तथा दिगोपना घोषणा गरिएको हो । जिल्लाका ६ वटा स्थानीय तहलाई पुर्ण खोप सुनिश्चिता तथा दिगोपना घोषणा गरिसकेपछि जिल्लालाई घोषणा गरिएको स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमका खोप सुपरभाइजर अधिकृत कृष्णा खड्काले जानकारी दिनभयो । 

उहाँका अनुसार जिल्लाका ६ वटै स्थानीय तहका बालबालिकाले यो वर्ष पाउनुपर्ने सम्पूर्ण खोप प्राप्त गरेकाले जिल्लालाई पुर्ण खोप सुनिश्चिता तथा दिगोपना घोषणा गरिएको होे । जिल्लामा जन्मे देखि १५ महिना मुनीका ३ हजार ६ सय ८८ जना बालबालिकाले खोपको मात्रा पाइरहेका छन् । बाँकी १६ महिना देखि २३ महिनासम्मका २ हजार २ सय ५४ बालबालिकाले भने पुरा खोप पाएको खड्काको भनाई छ । 

जिल्लामा खोप पाए, नपाएको सर्वेक्षण गर्दा ९३ बालबालिका केही खोपको मात्रा लगाउन छुटेका, ७० जना खोप कार्ड नभएका र ४ जना बालबालिकाले पुरा मात्रा खोप लगाउन छुटेको पाइएको थियो । त्यस पश्चात खोप नपाएकालाई खोप दिएको र कार्ड नभएकालाई कार्ड दिइएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपनालाई कायम राख्नका लागि राजनीतिक दल, स्थानीय तह, स्वास्थ्यकर्मी, उद्योगी, व्यापारी, नागरिक समाज, शिक्षक, विद्यार्थी पत्रकार लगायतले हस्ताक्षर गरेर प्रतिवद्धता समेत जनाएका छन् । 

361164166_1536540260083169_2563962359307817188_n1689336760.jpg

जिल्लालाई पहिलो पटक गत वर्ष पूर्ण खोप सुनिश्चितता तथा दिगोपाना घोषणा गरिएको थियो ।

प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  १७:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update