Kakhara सबैको खबर सम्पूर्ण खबर
अपराध न्युनिकरण गर्न घरघरमा प्रहरीको नम्बर सहितको स्टिकर 

रुकुम पश्चिममा पनि घरघरमा प्रहरीको नम्बर सहितको स्टिकर टाँस अभियानको सुभारम्भ भएको छ । आज बिहान जिल्ला भरमा औपचारिक कार्यक्रमको आयोजना गरी घर घरमा स्टिकर टाँस अभियानको सुभारम्भ भएको हो । यसका लागि जिल्ला प्रहरी कार्यालय तथा ६ वटै स्थानीय तहमा औपचारिक कार्यक्रमको आयोजना गरिएको थियो । 

जिल्ला प्रहरी कार्यालयमा आयोजना भएको कार्यक्रम मार्फत मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीले अभियानको शुभारम्भ गर्नुभयो । त्यस्तै अन्य स्थानीय तहमा पनि छु्ट्टा छुट्टै कार्यक्रमको आयोजना गरी अभियानको सुरुवात गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यो अभियान सुरक्षित कर्णाली प्रदेश अभियान अन्तर्गत शुभारम्भ भएको बताइएको छ । 

20230715223315_IMG_09111689489562.jpg
अभियानकाे शुभारम्भ गर्दै मुसिकाेट नगरपालिकाका प्रमुख महेन्द्र केसी ।

जिल्लाका सम्पूर्ण घरमा प्रहरीको फोन नम्बर सहितको स्टिकर टाँसिने जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नमराज भट्टराईले जानकारी दिनुभयो । अपराध न्युनिकरणको उदे्श्य सहित कर्णाली प्रदेशका १० वटै जिल्लामा आज एकैपटक यो अभियानको शुभारम्भ भएको उहाँको भनाई छ । 

आफ्नो गाउँ टोलमा कुनैपनि घटना भएमा नागरिकहरुले सहजै प्रहरीलाई खबर गर्न सकुन भनेर घर घरमा प्रहरीको फोन नम्बर सहितको स्टिकर टाँस्न लागिएको डिएसपी भट्टराईले बताउनुभयो । उहाँका अनुसार रुकुम पश्चिमका सबै ३८ हजार ४ सय ५२ घरधुरीमै स्टिकर टाँसिने छ । 

20230715223449_IMG_09171689489562.jpg
स्टिकर सार्वजनिक गर्दै प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्त ।

जसमध्ये मुसिकोट नगरपालिकाका ८ हजार ८ सय ८०, चौरजहारी नगरपालिकाका ६ हजार ८ सय ३७, आठबीसकोट नगरपालिकाका ८ हजार ४ सय ५७, त्रिवेणी गाउँपालिकाका ४ हजार ६ सय ९९, सानीभेरी गाउँपालिकाका ४ हजार ९ सय ४ र बाँफिकोट गाउँपालिकाका ४ हजार ६ सय ७५ वटा घरधुरी रहेका छन् । 

यो अभियानबाट अपराध रोकथाम, नियन्त्रण तथा अपराधको सफल अनुसन्धानमा टेवा पुग्ने विश्वास गरिएको छ । त्यस्तै शान्ति सुरक्षा र अमन चयन कायम गरी आम नागिरकहरुलाई शान्ति सुरक्षा र न्यायको अनुभूति दिलाउन पनि टेवा पुग्ने विश्वास छ । 

20230715223427_IMG_09151689489565.jpg

जिल्ला प्रहरी प्रमुख भट्टराइको अध्यक्षतामा भएको सुभारम्भ कार्यक्रममा मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीको प्रमुख र प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तको विशेष आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा जनप्रतिनि, राजनीतिक दल, सुरक्षा निकाय, समाजसेवी, पत्रकार लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बिष्णु श्रेष्ठले गर्नुभएको थियो ।

20230715225554_IMG_09311689489881.jpg

 

प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  १२:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update