Kakhara सबैको खबर सम्पूर्ण खबर
प्रभु महालक्ष्मी इन्स्योरेन्स शाखा मुसिकोटको सेवा सुरु 
सेवा सुभारम्भ कार्यक्रममा बाेल्दै जिल्ला समन्वय समिति प्रमुख लुम्बिनी गाैतम ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स शाखा मुसिकोट कार्यालय रुकुम पश्चिमले सेवा सुरु गरेको छ । प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्स मर्ज भएपछि शाखा कार्यालय मुसीकोटले आजबाट सेवा सुरु गरेको हो । कार्यालयबाट दीपा केसी, समिता केसी र समिप केसीको पोलिसी जारी गर्दै सेवा सुरु गरिएको प्रभु महालक्ष्मी इन्स्योरेन्सकी शाखा प्रमुख ब्युझना पुन देवकोटाले जानकारी दिनुभयो ।

उहाँका अनुसार महालक्ष्मी इन्स्योरेन्स शाखाकै कार्यालयबाट प्रभु महालक्ष्मी इन्स्योरेन्स शाखा रहेको छ । सेवा सुभारम्भ जिल्ला समन्वय प्रमुख लुम्बिनी गौतमले रिवन काटेर गर्नुभएको हो । कार्यालयले आर्थिक वर्ष २०७९/०८० को प्रगति समिक्षा समेत गरेको कार्यालय प्रमुख देवकोटाले बताउनुभयो ।

यसअघि महालक्ष्मी लाइफ इन्स्योरेन्सको कार्यालय प्रमुख रहनुभएकी देवकोटाले नै प्रमुखको जिम्मेवारी पाउनुभएको छ । उहाँलाई सक्रिय अभिकर्ताले बधाई तथा शुभकामना समेत व्यक्त गरेका थिए । हिजो मात्रै प्रभु महालक्ष्मी इन्स्योरेन्स केन्द्रिय कार्यालयले देवकोटालाई  मुसीकोट शाखाको प्रमुखको जिम्मेवारी प्रदान गरेको थियो ।
 

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  १८:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update