रुकुम पश्चिमको मुसिकोट नगरपालिकाका १४ वटै वडामा ट्रेवृज निमार्ण गरिएको छ । पशु चौपायाको कृत्रिम गर्भाधान तथा उपचारको लागि नगरपालिकाले १४ वटै वडामा ट्रेवृज निर्माण गरेको हो । वितेको आर्थिक वर्ष २०७९/०८० मा वडाका १३ वटा वडामा ट्रेवृज निर्माण गरिएको पशु सेवा शाखाका प्राविधिक शिवराज महताराले जानकारी दिनुभयो ।
उहाँका अनुसार नगरपालिकाको पशु शाखा वडा नम्बर ५ मा रहेकाले वडा नम्बर ५ मा भने पहिले नै ट्रेवृज निर्माण भएको थियो । वितेको आर्थिक वर्षमा नगरपालिका भित्रका १३ वटा वडामा टे«वृज निर्माण गर्न ६ लाख ५० हजार रकम खर्च भएको उहाँको भनाई छ । ट्रेवृज निर्माण गर्न टेन्डर प्रक्रिया मार्फत शशि निर्माण सेवाले कामको जिम्मा लिएको थियो ।
वडामा पशुलाई कृत्रिम गर्भधान तथा उपचार गर्नको लागि नियन्त्रणमा ल्याउन टे«वृज निर्माण भएपछि सहज भएको पशु सेवा प्राविधिक महताराले बताउनुभयो । प्रत्येक वडामा तत्कालको लागि एक–एक वटा ट्रेवृज निर्माण गरिए पनि वडामा एउटा ट्रेवृजले मात्रै नपुग्ने बताइएको छ । आगामि वर्षमा उक्त ट्रेवृजलाई व्यवस्थित गर्दै लैजाने र संख्या थप्ने योजना रहेको पशु सेवा शाखाको भनाई छ ।