रुकुुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १२ मा शिविर सञ्चालन गरी वडा भित्र पालिएका ५२ वटा कुकुरलाई रेविज विरुद्धको खोप लगाइएको छ । वडा कार्यालयमा निःशुल्क शिविरको आयोजना गरी वडा भित्र रहेका ५२ वटा कुकुरलाई रेविज विरुद्धको खोप लगाइएको हो । रेविज विरुद्धको खोप शिविरमा मुसिकोट पशु सेवा शाखाको प्राविधिक सहयोग रहेको वडा अध्यक्ष धिरन सेर्पालीले बताउनुभयो ।
उहाँका अनुसार यसअघि बौलाहा कुकुरले टोकेर प्रभावित वडाको पितिवाङ, पुरेन्चौर र नयाँ गाउँका टोलमै पुगेर पशु चौपायालाई पनि रेविज विरुद्धको खोप लगाइएको थियो । बौलाहा कुकुरले टोक्दा स्थानीय हरिबहादुर ओली र विरबहादुर ओली घार्ईते समेत हुनुभएको छ । बौलाहा कुकुरले टोकेका ३ वटा पाडा, १ वटा गोरु, ६ वटा भैँसी र ९ वटा कुकुरलाई पनि रेविज विरुद्धको खोप दिएको वडा अध्यक्ष सेर्पालीले बताउनुभयो ।