Kakhara सबैको खबर सम्पूर्ण खबर
फोहोर व्यवस्थापन गर्न रुकुमकोटमा २० वटा डोको 
फाेहाेर संकलनका लागि बजारमा राखिएकाे डाेकाे ।

रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमा फोहोर व्यवस्थापनका लागि विभिन्न ठाउँमा डोको राखिएको छ । बजारको फोहोरलाई व्यवस्थापन गर्ने र स्थानीय सीप कलालाई प्रवद्र्धन गर्ने उदे्श्यका साथ रुकुमकोट बजार क्षेत्रमा रुकुमकोट उद्योग वाणिज्य संघले डोको राखेको हो । 

पहिलो चरणमा बजार क्षेत्रमा २० वटा डोको राखिएको रुकुमकोट उद्योग वाणिज्य संघले जनाएको छ । यसले बजारमा उत्पादन हुने फोहोर व्यवस्थापनमा टेवा पुग्नुका साथै स्थानीय सीप कला प्रयोग गरी निर्माण गरिएका डोकोको खपत भएर स्थानीय सीप कलाको प्रवद्र्धन हुने विश्वास गरिएको छ । 

जिल्लाका अन्य बजार क्षेत्रहरुमा पनि क्रमिक रुपमा यो कार्यक्रमलाई विस्तार गर्दै लैजाने रुकुमकोट उद्योग वाणिज्य संघले जनाएको छ । 
 

प्रकाशित मिति: शनिबार, साउन ६, २०८०  १३:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update