रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाले वडा वडामा आधारभुत कृषि तथा पशु सेवा केन्द्र स्थापना गर्न लागेको छ । वडाका किसानलाई सहज सेवा प्रवाह गर्न नगरपालिकाले एक वडा एक आधारभुत कृषि तथा पशु सेवा केन्द्र स्थापना गर्न लागेको हो ।
नगरपालिकाको आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममै एक वडा एक आधारभूत कृषि तथा पशु सेवा केन्द्र स्थापना गर्ने योजना समेटिएको नगर प्रमुख रवि केसीले जानकारी दिनुभयो । सोही अनुसार वडा नम्बर ७ मा बुधबार आधारभूत कृषि तथा पशु सेवा केन्द्र स्थापना गरिएको भनाई छ ।
केही वडामा पहिले नै कृषि इकाई केन्द्र र पशु सेवा केन्द्र सञ्चालनमा छन् । बाँकी वडामा आधारभूत कृषि तथा पशु सेवा केन्द्र स्थापना गर्ने गरी एक÷एक जना पशु प्राविधिक र एक÷एक जना कृषि प्राविधिक राखिने नगर प्रमुख केसीले बताउनुभयो ।
नगरपालिकाका १४ वटा वडा मध्य २, ४, ५, ९, १३ र १४ मा कृषि कृषि र पशु सेवा केन्द्र छन् । बाँकी १, ३, ६, ८, १०, ११ र १२ नम्बर वडामा भने आधारभुुत कृषि तथा पशु सेवा केन्द्र स्थापना गर्न बाँकी रहेको आठबीसकोट नगरपालिका पशु सेवा शाखाका प्राविधिक धनबहादुर आर.सी.ले बताउनुभयो ।
सबै वडामा कृषि तथा पशु प्राविधिक उपलब्ध भएपछि वडाबासीलाई छिटो सेवा प्रवाह हुने र किसानको समस्या तत्काल हल हुने अपेक्षा गरिएको छ । केन्द्र स्थापना हुन लागेका ७ वटा वडामा पशु प्राविधिक र कृषि प्राविधिक गरेर १५ जना प्राविधिक कर्मचारीको आवस्यकता पर्ने आठबीसकोट नगरपालिको जनाएको छ ।