रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाले वितेको आर्थिक वर्ष २०७९/०८० मा राजस्वको लक्ष भेट्न सकेन् । गाउँपालिकाले लक्ष्यको ८८.१० प्रतिशत राजस्व संकलन गरेको छ । गाउँपालिकाले वितेको वर्ष १ करोड राजस्व उठाउने लक्ष लिएको थियो । तर लक्ष्यको ८८.१० प्रतिशत अर्थात ८८ लाख १० हजार ५ रुपैँया राजस्व संकलन भएको हो ।
राजस्वको लक्ष भेटन नसकेपनि लक्ष्यको नजिक पुगेको गाउँपालिकाले जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर घर्तीका अनुसार पालिकाका १० वटा वडा र विभिन्न शाखाबाट गरेर ८८ लाख १० हजार ५ रुपैयाँ राजस्व संकलन भएको हो । सबै भन्दा बढी राजस्व ३६ लाख ९६ हजार ५ सय ३३ रुपैयाँ गाउँपालिकाको कार्यालयबाट संकलन भएको छ । भने कम शिक्षा शाखाबाट १३ हजार ९ सय रुपैयाँ उठेको छ ।
गाउँपालिकाका १० वडा मध्ये सबैभन्दा वढी ४ नम्बर वडा कार्यालयले ६ लाख ७५ हजार ५ सय ५८ रुपैँया संकलन गर्दा सबै भन्दा कम ८ नम्बर वडा कार्यालयले १ लाख ७९ हजार २ सय ८६ रुपैयाँ राजस्व संकलन गरेको त्रिवेणी गाउँपालिका राजस्व शाखा प्रमुख कमल ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार कर संकलन केन्द्र झुलनेटाबाट ५ लाख ४६ हजार ३ सय ५, वडा नम्बर २ बाट ५ लाख ९६ हजार ४ सय १७, वडा नम्बर १ बाट ३ लाख ६६ हजार ५ सय १७, वडा नम्बर ३ बाट ५ लाख ४ हजार ५०, वडा नम्बर ५ बाट ३ लाख ८ हजार ९ सय ६ रुपैयाँ राजस्व संकलन भएको छ ।
त्यस्तै ६ नम्बर वडाबाट ३ लाख ८७ हजार ९०, ७ नम्बर वडाबाट ३ लाख ६६ हजार ५ सय १७, ९ नम्बर वडा कार्यालयबाट ४ लाख ६ हजार ६८ र १० नम्बर वडा कार्यालयबाट ३ लाख १३ हजार ७ सय २८ रुपैयाँ राजस्व संकलन भएको ओलीको भनाई छ । त्यस्तै गाउँपालिका अस्पतालबाट २ लाख ७ हजार ७ सय ६५, पशुसेवा शाखाबाट १ लाख १५ हजार ३५, युद्ध संग्रालयबाट ८२ हजार ५ सय, सिम्रुतु स्वास्थ्य चौकीबाट ६७ हजार ४ सय र कृषि शाखाबाट ३७ हजार ७ सय रुपैँया राजस्व संकलन भएको राजस्व शाखा प्रमुख ओलीले बताउनुभयो ।