Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसिकोट खलंगा बहुमुखी क्याम्पसका छात्रालाई अब क्याम्पसमै सेनेटरी प्याड  
प्याड लिदै छात्रा

रुकुम पश्चिमको मुसिकोट खलंगा बहुमुखी क्याम्पसमा अध्यनरत छात्रा विद्यार्थीहरुलाई प्याड वितरण गरिएको छ । क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को माग अनुसार क्याम्पसले खरिद गरेका सेनेटरी प्याड छात्रा विद्यार्थीहरुलाई वितरण गरिएको हो । आज १५ जना छात्राहरुलाई प्याड वितरण गरिएको स्ववियु सभापति रमेश लामिछानेले जानकारी दिनुभयो । 

छात्रा विद्यार्थीलाई महिनावारीको समयमा सहजताका लागि प्याड वितरण गरिएको उहाँले बताउनुभयो । यसले महिनावारी स्वच्छतामा सहयोग गर्ने विश्वास गरिएको छ । महिनावारीको समयमा छात्राहरुलाई क्याम्पस आउन तथा पठनपाठनमा समस्या हुनेभएकोले उक्त समस्या नपरोस भनेर प्याड वितरण गरिएको स्ववियुले जनाएको छ । प्रति छात्रा चार पोकाका दरले प्याड वितरण गरिएको बताइएको छ । 

बाँकी रहेका छात्राहरुलाई पनि प्याड वितरण गरिने सभापति लामिछानेको भनाई छ । अब देखि आवश्यकता अनुसार दैनिक रुपमा प्याड वितरण हुने उहाँले बताउनुभयो । क्याम्पसमै प्याड पाइने भएपछि पिरियडको समयमा पनि क्याम्पस नछुट्ने विश्वास गरिएको छ ।
 

प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  १६:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update