Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिमः १ वर्षमा ४ हजार सवारी साधन कारबाहीमा, ३४ लाख राजस्व संकलन

रुकुम पश्चिममा एक वर्षमा झण्डै ४ हजार सवारी साधन कारबाहीमा परेका छन् । वितेको आर्थिक वर्ष २०७९÷०८० मा जिल्ला भरमा ३ हजार ९ सय ८१ वटा सवारी साधन कारवाहीमा परेका हुन् । जसबाट ३४ लाख २४ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

जिल्लामा कारबाहीमा पर्ने सवारीमा सबैभन्दा बढी मोटरसाइकल रहेका छन् । कारबाहीमा पर्ने कुल सवारी साधन मध्यमा आधा भन्दा बढी मोटरसाइकल रहेका छन् भने कुल राजस्वको आधा भन्दा बढी राजस्व पनि मोटरसाइकलबाटै उठेको छ । १ वर्षमा २ हजार ९६ वटा मोटरसाइकल कारबाहीमा परेको ट्राफिक प्रहरीको तथ्यांकमा उल्लेख छ । 

जसबाट १७ लाख ६७ हजार राजस्व उठेको जिल्ला ट्राफिक प्रहरी इन्चार्ज प्रहरी सहायक निरीक्षक जगतबहादुर कठायतले जानकारी दिनुभयो । उहाँका अनुसार ५ सय १० वटा ट्याक्टर कारबाहीबाट ७ लाख ३ हजार, ४ सय ९५ वटा जिप, कार र भ्यान कारबाहीबाट ४ लाख ४३ हजार ५ सय, ३ सय ८२ ट्रक तथा ट्यांकर कारबाहीबाट ३ लाख ३२ हजार, ३ सय ६८ बस तथा मिनिबस कारबाहीबाट ३ लाख १२ हजार ५ सय र १ सय २८ वटा टेम्पो कारबाहीबाट १ लाख २ हजार ५ सय राजस्व संकलन भएको छ । 

क्षमता भन्दा बढी यात्रु बोक्ने, कागजात नबोक्ने, रुट परमिट नभएका, कागजात नविकरण नभएका जस्ता समस्या भएका सवारी साधन कारबाहीमा पर्ने गरेको इन्चार्ज कठायतले बताउनुभयो ।
 

प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  १६:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update